ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।

जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।“सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उहाँले भन्नुभयो, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा (क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज) होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम) हुनुपर्ने उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी गराउनुभयो ।
समितिले होटलको रिसेप्सन, प्यालेस, लवीजस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडान गर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्न आउने आगन्तुकको समेत विवरण राख्नुपर्ने, शंकास्पद र असामान्य गतिविधि पाइएमा प्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको छ ।

यस्तै, सिसीटिभी राखिएको ठाउँमा एक महिनासम्मको डाटा सुरक्षित राख्ने व्यवस्था गर्ने, सिसीटिभी राख्नका लागि अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, डिस्को डान्सजस्ता धेरै ग्राहक भीडभाड हुने र मदिरापान हुने स्थान भुइँतलामा मात्र सञ्चालन गर्न पाउने, पर्याप्त मात्रामा उज्यालो हुनुपर्ने, कामदारका लागि सभ्य र भद्र किसिमको ड्रेसकोड कायम गर्नुपर्ने, सुरक्षाकर्मी र कामदारको विस्तृत विवरण अद्यावधिक राख्नुपर्ने, सुरक्षाकर्मीको हकमा आचारसहिंता लागू गर्नुपर्ने, सयभन्दा बढी क्षमता भएका स्थानमा प्राथमिक उपचारका सामग्रीसहित एकजना पारामेडिकल राख्नुपर्नेलगायतका कुरा उल्लेख गरिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले रात्रिमा सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारीसमेत भएको बताउनुभयो ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्यटकीय क्षेत्रमा चौबीसै घण्टा खुलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com