निगमले हजार घण्टाभन्दा कम उडेको जहाज किन्ने


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

काठमाडौंबाट लामो दूरीको उडानका लागि नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको दुइटा वाइड–बडी (ठूलो अकारको) एयरबस विमान दिलाउन ११ वटा प्रस्ताव परेका छन् । सरकार स्वामित्वको निगमको सञ्चालक समितिले गत असोज ८ गते दुइटा वाइड बडी विमान किन्न ग्लोबल टेन्डर आहवान गर्ने निर्णय गर्दै त्यसको दुई दिनपछि (असोज १०) गते सूचना निकालेको थियो । उक्त सूचनामा जहाज उत्पादन गर्ने कम्पनी, एयरलाइन्स, एयरक्राफ्ट लिजिङ कम्पनी र बैंकलाई ४५ दिनभित्रको समय दिई कात्तिक २४ गतेसम्म प्रस्ताव बुझाउन भनिएको थियो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बुधबार रातिसम्म दुइटा वाइड बडी विमान खरिदका लागि १० वटा प्रस्ताव दर्ता भएको बताए । यीबाहेक एउटा कम्पनीले विमान नभई इन्जिन मात्रै दिलाइदिने प्रस्ताव दर्ता गरेको छ । यी सबै गरेर प्रस्ताव दर्ता गर्नेको संख्या ११ पुगेको छ । महाप्रबन्धक कंसाकारले दर्ता भएका सबै कम्पनी विदेशी रहेको बताए । ‘अमेरिकीसम्मका कम्पनीहरूले बोलपत्र बुझाएका छन्,’ कंसाकारले भने ।

यसरी प्रस्ताव बुझाउनेले उडरिहेका जहाज खोजेर ल्याइदिनेछन् । यी कुनै पनि जहाज उत्पादक होइनन् । यिनीहरू जहाज उपलब्ध गराउने एजेन्ट हुन् । प्रस्ताव हाल्नेमा बुल्गेरियाको के एल एरो पार्टस, बेलायती कम्पनी केजीटे इन्भेस्टमेन्ट/वान वल्र्ड कोल्ज आउटस, अमेरिकी बहुराष्ट्रिय कम्पनी रोन मोट्टो, अमेरिकी कम्पनी एयरक्राफ्रट इन्भेस्टमेन्ट ग्रुप, बेलायती ट्रेडिङ कम्पनी क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, ब्राजिलियन कम्पनी सिनर्जी एरोस्पेस, फ्रान्सेली कम्पनी ली ग्रुप डेल्टा, अमेरिकी कम्पनी एएआर कर्प, रोल्स रोय र सूर्य एयर सपोर्ट छन् । रोल्स रोयसले भने इन्जिन मात्रै बिक्री गर्ने प्रस्ताव हालेको छ । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार केही प्रस्ताव सोझै अन्तर्राष्ट्रिय कुरियरबाट आएका हुन् भने केही नेपाली तथा विदेशी एजेन्टको सहयोगमा दर्ता भएका हुन् ।

यसपटकको यो प्रतिस्प्रर्धामा अमेरिकी विमान निर्माता बोइङ छैन । निगमले ग्लोबल टेन्डरमै एयरबसको ३३०–२०० सिरिजको विमान भनेर किटानै गरेपछि बोइङ स्वत: यो प्रतिस्पर्धाबाट बाहिरिएको कान्तिपुरमा खबर छ । हाल एयरबसका दुइटा एयरबस ए–३२० सिरिजका विमान उडाउँदै आइरहेको निगमले यसपटक खरिद गर्न लागेको विमान नयाँ (ब्रान्ड–न्यु) भने होइनन् । निगमले कम्तीमा एक हजार घण्टाभन्दा कम उडान भरेको २ सय ५० देखि २ सय ८० सम्म सिट भएको विमान हुनुपर्ने सर्त राखेको छ । कंसाकारले एयरबसकै विमान तोकिएका कारण विश्वभरका धेरै कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराउन १ हजार घण्टासम्म उडान भरेको विमान सर्तमा राखिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com