विदेशी पाइलटले उडाएर ल्याउँदैछन् वाइडबडी ३३०


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

एयरबस ३३०–२०० लिन नेपाल वायु सेवा निगमको एउटा टोली फ्रान्सतर्फ लागेको छ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, कर्पोरेट विभाग निर्देशक, इन्जिनियरिङ विभागका निर्देशक एवं पाइलटहरु श्रवण रिजाल र एमएम डंगलोसहितको टोली फ्रान्सतर्फ लागेको हो।

१२ जानाको यो टोली असार १४ गते नेपाल फर्किंदा ९एन–एएलवाई कलसाइन भएको वाइडबडी विमान पनि काठमाडौं अवतरण गर्नेछ। निगमका सह प्रवक्ता शैलेश कंसाकारअनुसार वाइडबडी विमान नेपाली चालकले भने उडाउने छैनन्। ‘विदेशी चालकले उडाएर विमान काठमाडौंसम्म ल्याउनेछन्’, उनले भने।

उनका अनुसार एयसबस ३३०–२०० विमान असार १४ गते विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन्। यो विमान असार अन्तिम सातादेखि नियमित उडान गर्ने योजना निगमको छ। नियमित उडानका लागि निगमले प्रक्रिया अगाडि बढाएको छ।
विमान नेपाल आइपुगेसँगै भन्सार, नागरिक उड्डयन प्राधिकरण लगाएको प्रक्रिया पुरागरी सकेसम्म छिटो उडान गर्ने सह–प्रवक्ता कंसाकारको भनाइ छ।

निगमको अर्को पनि एउटा वाइडबडी विमान नेपाल आउने प्रक्रियामा छ। दुई वाइड बडी विमान उडानका लागि पाइलट र को–पाइलट गरी २८ देखि ३० जना पाइलट आवश्यक पर्नेछ। निगमले ६ जना पाइलट तयार रहेको जनाएको छ। एउटा वाइडबडी विमानका लागि क्याप्टेन ८ र कोपाइलट ८ आवश्यक हुन्छ। निगमले हाललाई विदेशी पाइलटबाटै काम लिने तयारी गरेको छ।

२०७३ चैत २५ गते एएआर कर्पोरेशनमार्फत् एयरबस ३३०–२०० सिरिजका दुई ब्रान्ड न्यू विमान खरिद सम्झौता गरेको थियो। दुईवटा विमानका लागि निगमले २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ चुक्ता गर्नुपर्छ। निगमले चुक्ता गर्नुपर्ने रकम ८ अर्बको हाराहारीमा रहेको कंसाकारले जानकारी दिए।

एयरबस ३३० विमान थप भएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा विमान हुनेछन्। हाल निगमले अन्तर्राष्ट्रिय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गरिरहेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हाल नेपालबाट ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा उडान हुने गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com