प्रधानमन्त्री ओलीले आज संसदलाई संबोधन गर्दै


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा संबोधन गर्दैछन् ।

६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com