सेनेगल र जापानको खेल सुरु


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

२०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको खेल सुरु भएको छ । खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो।

जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल पस्केको थियो। तर जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई अपेक्षाकृत दबावमा राख्न सकेन। पहिलो खेलमा हात पारेको ३ अंकले जापानको आत्मविश्वास बढेको छ।

पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको सेनेगल जारी विश्वकपमा लयमा देखिएको अफ्रिकन टिम हो। जापान विरुद्ध जित हात पारे सेनेगलको अन्तिम १६ को यात्रा सहज हुनेछ।

जापानका प्रशिक्षक निशिनोले कोलम्बिया विरुद्ध मैदान उत्रिएको टिमलाई नै सेनेगल विरुद्ध उतार्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com