विश्वकप फुटबल – उपाधि रक्षामा जर्मनी, क्वार्टरफाइनलमाथि जान नसकेको मेक्सिको


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको साविक विजेताका रुपमा रहेको जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलसँगै विश्वकप सुरवात गर्नेछ । त्यस खेलमा जित हासिल गर्दै जर्मनी उपाधि रक्षाको यात्रा पनि सुरु गर्ने लक्ष्यमा छ ।

विश्वकपकै बलियो टोलीमध्येको एक जर्मनीले चार वर्षअघि ब्राजिलमा चौथो पटक विश्वकपको उपाधि जितेको थियो । र, अहिले उसले सन् १९६२ पछि पहिलो पटक लगातार दुई विश्वकपको उपाधि जित्ने कीर्तिमान बनाउन चाहन्छ । सन् १९६२ मा पेले प्रेरित ब्राजिलले लगातार दोस्रो पटक विश्वकप जितेको थियो ।

समूह एफको पहिलो खेलका रुपमा जर्मनीले मस्कोको लुज्निकी रंगशालामा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजेदेखि सुरु हुनेछ । विश्वकपमा अहिलेसम्म क्वार्टरफाइनलबाट माथि जान नसकेको मेक्सिको र साविक विजेता आमने सामने हुँदैछन् ।

जर्मनी लामो समयदेखिका प्रशिक्षक जोचिम लोको नेतृत्वमा हमेशा बलियो टोलीको रुपमा रहन्छ । यद्यपी पछिल्लो तीन विश्वकपको साविक विजेताले त्यसपछिको प्रतियोगितामा निक्कै खराब प्रदर्शन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्मनी टिमको तथ्य के हो भने चार वर्षअघिको फाइनलमा अर्जेन्टिनाबिरुद्ध गोल गर्ने मारियो गोट्जे टिममा छैनन्, साथै म्यान्चेस्टर सिटीका स्टार लेरोय साने पनि टिममा अटाएनन् । यसबाटै बुझ्न सकिन्छ कि जर्मनी कति बलियो छ ।

जर्मन टिमको अग्रपंक्तिमा टिमो वेर्नरले थोमस मुलर र मार्को रिउससँगै प्लेइङमा सेटमा स्थान बनाउने सम्भावना छ । त्यस्तै मिडफिल्डको जिम्मेबारी टोनी क्रुज र मेसुट ओजिलले संहाल्नेछन् ।

यस सिजन वेष्ट ह्याममा विर्सनलायक प्रदर्शनका बाबजुद जाभियर हर्नाण्डेज अझै पनि मेक्सिकोका मूख्य खेलाडी हुन् । र, गोलकिपर गुलेर्मो ओचोआले पनि चार वर्षअघि ब्राजिलमा गरेको शानदार प्रदर्शन दोहोर्याउने अपेक्षा गरिन्छ ।

जर्मनी रुस विश्वकपको सबैभन्दा बलियो दावेदार हुँदै गर्दा पनि अघिल्ला संस्करणहरुमा साविक विजेताहरुको खराव प्रदर्शनको इतिहासले उ अतिसंवेदनशील छ ।

सन् १९९८ को विजेता फ्रान्सले सन् २००२ मा समूह चरणबाट बाहिर जान सकेन । त्यस्तै सन् २००६ को जर्मन विश्वकप जितेको इटली सन् २०१० मा समूह चरण पार गर्न सकेन । सन् २०१० को च्याम्पियन स्पेन सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणबाट माथि जान सकेन । सन् २०१४ मा स्पेन समूह चरणमै नेदरल्याण्ड्ससँग ५–१ गोलले पराजित भएको थियो ।

साने र गोट्जेको अनुस्थितिका बाबजुद जर्मन टोलीमा प्रतिभाको कमी छैन । आफू सहभागि भएका हरेक प्रतियोगितामा जर्मनी उपाधिको दावेदार रहन्छ, र यस वर्ष भिन्न पृष्ठभूमिमा उसले आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

गएकाे शुक्रबार साउदी अरबबिरुद्धको जितभन्दा अघि र गएकाे अक्टोबर विश्वकप छनोटमा अजरबैजानबिरुद्ध जित हासिल गरेपछि जर्मनीले लगातार तीन अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्न सकेको थिएन । ब्राजिल र अष्ट्रियासँग हारेको जर्मनीले स्पेनसँग बराबरी खेलेको थियो ।

आइतबार मेक्सिकोबिरुद्ध उसको वास्तविक परीक्षा हुनेछ । जर्मनीको पछिल्लो लय मिश्रित रहेको दावी गरिरहँदा मिडफिल्डर क्रुज टिमको पछिल्लो आचरणबाट खुसी छन् ।

‘भलै हामीले साउदी अरबसँग त्यस्तो खेल देखाउन सकेनौं, जस्तो हामीबाट अपेक्षा गरिन्छ । तर, मैले के महशुस गरेको छु भने हामी सबैमा एउटा भोक छ । तपाईं हाम्रो एटिच्युडमा आलोचना गर्ने ठाउँ छैन । हामी त्यस्तै एटिच्युड विश्वकपमा देखाउनेछौं ।’ क्रुजले पत्रकारहरुसँग भने ।

यता मेक्सिको लगातार सातौं विश्वकप खेल्नका लागि रुस पुगेको छ । र, उसले अहिलेसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन । यद्यपी मेक्सिकोसँग अनुभवी टिम छ । फेरि एकपटक उसलाई समूहमा कठिन हुनसक्छ । किनभने यस समूहमा स्वीडेन र दक्षिण कोरिया पनि छन् ।

ब्राजिल विश्वकपमा नायक बनेका गोलरक्षक ओचोआ विश्वव्यापी रुपमा चर्चित बनेका थिए । उनीबाट फेरि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com