ब्राजिलको कडा परीक्षा आज राति पौने १२ बजे


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

उपाधिको बलियो दाबेदार र धेरै समर्थकहरुले व्यग्र प्रतिक्षा गरेको ब्राजेलियन टोली विश्वकपको पहिलो खेलमा आज राति पौने १२ बजे रोस्तभमा स्वीट्जरल्याण्डविरुद्ध उत्रदा उसको कडा परीक्षा हुनेछ।

विश्व नम्बर ६ टोली स्वीट्जरल्याण्ड पछिल्लो समय निकै राम्रो लयमा रहेको टोली हो। विश्वकप छनोट हुँदै वार्मअपका ९ खेलमा उसले जित हात पारेको छ।

चारवटा वार्मअप खेलमा पनि स्वीट्जरल्याण्ड अपराजित नै रह्यो। त्यसमा स्पेनसँगको १–१ को बराबरी बाहेक ग्रिस, पानामा र जापानलाई स्वीस टोलीले पराजित गर्यो। पानामाको पोस्टमा उसले एक गोलपनि नखाई आधा दर्जन गोल गरेको थियो।

पहिलोचोटी विश्वकपमा स्वीस टोलीको प्रशिक्षकत्व गरिहरेका भ्लादिमिर पेटकोभिकको योजना भने नेमारलाई रोक्ने छ।

‘क्रिस्टियानो रोनाल्डो जस्तै नेमार अद्धितीय क्षमता भएको खेलाडी हुन,’ भ्लादिमिरले भने, ‘उनलाई पुरै अवधिभर थामेर राख्न नसकिएला भनेर हामी मानसिक रुपमा पनि तयार छौं।’

आयोजकपछि विश्वकपमा छनोट हुने पहिलो टोली तथा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल टिटेको प्रशिक्षकत्वमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने सोचका साथ स्वीट्जरल्याण्डबिरुद्ध मैदान उत्रनेछ।

वार्मअप खेलदेखि नै उनीहरुले आफ्नो प्रभावशाली लय देखाउँदै आएका छन। क्रोयसिया र अस्ट्रियाविरुद्ध फरवार्ड विलियन, रोर्बिटो फिर्मिनो, ग्राबियल जिसस, फिलिप्पे कौटिन्हो र नेमारले शशक्त प्रदर्शन गरेका थिए।

ब्राजिललाई गत विश्वकप जर्मनीसँग ७–१ को लज्जास्पल हार बेहर्नुको पीडा पनि मेटाउनु छ। छैटौं पटक विश्वकप जित्दै कीर्तिमान रच्ने दाउमा रहेको ब्राजिलले टिटेको प्रशिक्षकत्वमा खेलेका २१ मध्ये १ खेलमात्रै हारेको छ।

‘७–१ को पराजय अब हाम्रो दिमागमा छैन,’ डिफेन्डर थियगो सिल्भाले भने, ‘हामीसँग पुनः विश्व च्याम्पियन बन्ने क्षमता छ। हामी यसपटक हाम्रो इतिहास फेरि दोहोर्याउँदैछौं।’

‘हामीसँग उच्च आत्मविश्वास छ,’ मिडफिल्डर पाउलिन्हो भन्छन्, ‘जर्मनीसँग पराजित हुनु एकको एक हिस्सामात्रै थियो। हामीले यस चारवर्षमा धेरैकुरा सिकिसक्यौं र विभिन्न तरिकाले राम्रो तयारी गरेका छौं।’

तथ्यहरु

ब्राजिल र स्वीट्जरल्याण्डको विश्वकपमा यसअघि एक पटकमात्रै भेट भएको छ। १९५० मा ब्राजिलमा भएको उक्त भेटमा दुबै टोलीले २–२ को बराबरी खेलेका थिए।
स्वीट्जरल्याण्ड यसअघि २००६ मा समूह विजेता बनेको थियो। उक्त विश्वकपमा उसले खेलेका ४ खेलमा कुनैमा पनि गोल खाएको थिएन।
ब्राजिल विश्वकपको समूहचरणका पछिल्ला १२ खेलमा अपराजित छ। जसमा उसले १० खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ। ब्राजिलले अन्तिमपटक विश्वकप समूह चरणमा १९९८ मा नर्वेसँग हार बेहोरेको थियो।
ब्राजिल १९८२ देखि लगातार आफ्नो समूह चरणमा शीर्ष रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ। १९६६ मा अन्तिमपटक ब्राजिल पहिलो चरण पार गर्न चुकेको थियो।
ब्राजिलले पछिल्ला १८ विश्वकपको उद्घाटन खेलमा अपराजित छ। १६ मा जित हात पारेको छ भने बाँकी २ मा बराबरी खेलेको छ। १९३४ मा अन्तिमपटक ब्राजिल पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो।
गतविश्वकपका ह्याट्रिक गोलकर्ता जोर्डन साकिरीले पछिल्ला मुख्य प्रतियोगितामा स्वीट्जरल्याण्डका लागि ६ मध्ये ४ गोल गरेका छन भने एकमा सहायकको भुमिका निर्वाह गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com