कुलमानले भने – विशेष आर्थिक क्षेत्रमा चाहिएजति विजुली दिन्छौं


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरे । विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com