बीपी राजमार्गमा ढुवानी बन्द भएपछि व्यवसायीहरु आन्दोलित


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

बीपी राजमार्गमा १० टनभन्दा माथिका मालबाहक र १८ सिट भन्दा माथिका यात्रुबाहक यातायातका साधन सञ्चालनको माग गर्दै रामेछापमा मंगलबार व्यवसायीहरुले निकालेको विरोध र्‍याली ।

मंगलबार रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका सबै व्यवसायीले टाउकोमा कालोपट्टी बाँधेर विरोध र्‍याली निकाले । विभिन्न माग राखिएका प्ले कार्ड सहित विरोध र्‍यालिमा निस्किएका व्यवसायीहरुले सर्वोच्चको आदेश पुनारावलोकनको माग गरेका छन् ।

व्यवसायीहरुले समस्या सुल्झाउनका लागि दबाब दिन साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक समेत गरेका छन् । उनीहरुले व्यवसाय बन्द गर्ने, मोटरसाइकलमा मालसामान राखेर ढुवानी गर्ने, ( थुन्से ) मा सामान बोकेर बजार परिक्रमा गर्ने र असार २ गते सिढी जुलुस गर्ने निर्णय समेत गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूला सवारीका साधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तरतर्फको क्षेत्रमा ढुवानी र आवागमन प्राय ठप्प छ । तराईबाट पहाड जोडिने अर्को वैकल्पिक मार्ग छैन ।

लाहनको चामल, नारायणघाट, काठमाडौं, बनेपा, चरिकोट हुँदै रामेछापसम्म ढुवानी गर्नुपर्ने विषय समय, इन्धन, प्रतिस्पर्धा र सुलभताका हिसाबले उचित नहुने व्ययवसायीहरुले दाबी गरेका छन् । बीपीको बदला उक्त मार्ग प्रयोग गर्दा सामान ढुवानीमा चौबर भाडा र समय लाग्ने उनीहरुको जिकिर छ ।

यसैबीच प्रदेश सभामा सांसदहरुले राजमार्गमा यात्रुहरुलाइ सहज यात्रा गर्न र ढुवानीका साधन सञ्चालन हुँदै आएकोमा सर्वोच्चबाट भएको अन्तरिम आदेशले अस्तव्यस्तता सिर्जना भएको जनाएका छन् ।

सिन्धुली, रामेछाप, दोलखा र काभ्रे जिल्लाका सांसदहरुले संयुक्त दस्तखत गरी सर्वोच्च अदालतलाई विषयको गम्भियर्तालाई बुझी निर्णय दिन माग समेत गरेका छन् । अदालतले आउँदो असारको पहिलो साता त्यस सम्बन्धि मुद्दा हेर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com