यस्तो छ राष्ट्रिय शिक्षा आयोग गठनको तयारी


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

तीन दिनभित्र राष्ट्रिय शिक्षा आयोग गठन हुनसक्ला वा नसक्ला भन्ने विषयले शैक्षिक वृत्तमा अहिले निकै चर्चा पाएको छ । यस विषयलाई चासो र प्रतीक्षाका रूपमा लिइनुका साथै सरकारी प्रतिबद्धता पूरा हुन्छ वा हुँदैन भन्ने पाटोबाट हेरिएको छ । शिक्षामन्त्री डीआर पौडेलले गत असोज २० गते सार्वजनिक गरेको कार्ययोजनामा सङ्घीय गणतन्त्र नेपालको संवैधानिक व्यवस्था अनुरूप शिक्षामा पुनःसंरचना गर्न र राष्ट्रिय शिक्षा नीति तय गर्न आगामी एक महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको सो प्रतिबद्धता अनुसार कात्तिक २० गतेभित्र त्यस्तो आयोग गठन भइसक्नेछ । शिक्षामन्त्री पौडेलले आयोगको ‘मोडालिटी’का बारेमा छलफल गरिरहेका बताए ।

यसअघि २०७१ साल चैतमा मन्त्रिपरिषद्ले तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा राष्ट्रिय शिक्षा आयोग गठन गर्ने निर्णय गरेको थियो । उपाध्यक्षको उम्मेदवार उपलब्ध हुन नसक्दा त्यस आयोगले पूर्णता पाउनैसकेन र स्वतः आयोगको औचित्य समाप्त हुन पुगेको थियो । उनीपछि शिक्षामन्त्री बनेएका गिरिराजमणि पोखरेलले आफ्नो १८ बुँदे घोषणापत्रमा आयोग गठन गर्ने कुरा प्राथमिकताका साथ उल्लेख गरेका थिए ।

गत २०७२ सालको माघमा मन्त्रालयले आयोगको गठनका बारेमा सम्मेलनको आयोजना गरेको थियो तर हल्ला गर्नुबाहेक सम्मेलनको उपलब्धि देखिएन । पूर्व शिक्षामन्त्री पोखरेलले आयोगको उपाध्यक्षका लागि चार जनाको नाम मन्त्रिपरिषद्मा लगे पनि निर्णय हुनसकेन । वर्तमान शिक्षामन्त्री पौडेलले आफूले निर्धारित मितिमै आयोग गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् । शिक्षामन्त्रीका निजी सचिवालय सूत्रका अनुसार आयोगमा बसिदिन विज्ञलाई आग्रह गरिँदैछ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षामन्त्रीको एकल निर्णयभन्दा प्रधानमन्त्रीदेखि राजनीतिक दलसम्मलाई मिलाउनुपर्ने भएकै कारण लामो समयदेखि शिक्षा आयोग गठन हुन नसकेको तर्क गर्दै विगतमा आयोग गठन गर्छु भन्ने तर नगर्न नसक्ने शिक्षामन्त्री ‘विचरा’ हुन् । पार्टीले आयोगका पदाधिकारीको लिस्ट स्वीकार्नुपर्ने भएपछि आयोग गठन हुन नसक्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले भागबण्डा संस्कृतिका कारण आयोग गठन हुन समस्या रहँदैआएको बताए । शिक्षामन्त्रीलाई आयोगका पदाधिकारी छनोट गर्ने स्वतन्त्रता नै छैन । सन्तुलन कसरी मिलाउने भन्ने कुराले नै आयोग गठनलाई प्रभावित तुल्याउँदै आएको छ उनले बताए । गत २०४९ सालदेखि गठन भएको शिक्षा आयोगको अध्यक्षमा शिक्षामन्त्री रहने परम्परा बसालिएको छ । यसपटक शिक्षामन्त्री नै अध्यक्ष रहने वा विज्ञको अध्यक्षतामा आयोग गठन हुनेछ ? भन्ने जिज्ञासामा शिक्षामन्त्री डीआर पौडेलले शिक्षामन्त्री नै अध्यक्ष हुने वा पृथक् ढङ्गको आयोग गठन गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएको गोरखापत्रमा खबर छ ।

विगतमा शिक्षामन्त्रीले नेतृत्व गरी गठित आयोगले सिफारिस गरेपछि सर्वमान्य हुन्छ भन्ने ढङ्गले बुझ्ने चिन्तन रह्यो तर त्यस्तो होइन । प्रशासनिक नेतृत्व शिक्षामन्त्रीले लिने विगतको मोडेल हो र त्यहाँ शिक्षाविद्को अनुभवले काम गर्नुपर्दछ । थिमेटिक समूह बनाउने र आयोगले त्यो समूहको संयोजन गर्ने अर्काे मोडालिटी हुनसक्दछ उनले थपे । शिक्षाविद् डा. कोइरालाले शिक्षामन्त्रीकै अध्यक्षतामा आयोग गठन हुनु जरुरी छैन भन्दै प्राज्ञिक कामको जिम्मा प्राज्ञलाई नै लगाउनुपर्दछ । मन्त्री आयोगको अध्यक्ष भएपछि प्रशासनिक सहजता हुन्छ भन्ने कुरा अल्झाइ मात्र हो भने । शिक्षाविद् डा. काफ्लेले आयोगको नेतृत्व शिक्षामन्त्रीलाई जबर्जस्ती दिने परम्परा बसालिएको बताए । अब क्रमभङ्ग गर्नुपर्दछ, आयोगको सिफारिस कार्यान्वयन गर्ने इच्छाशक्ति राखेमा ‘पब्लिक फिगर’लाई नेतृत्व गर्न दिँदा हुन्छ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com