बालकृष्ण ढुङ्गेलको विरोध गर्नेलाई गृहमन्त्री यस्तो भने …


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् ।

बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले हत्याको मुद्दा लगाउने निर्णय गलत भएकाले कानुनी प्रक्रिया पुरा नहुँदा जेल गएकाले गणतन्त्र दिवसको अवसरमा अरुलाई जस्तै ढुङ्गेललाई पनि रिहा गरेको स्पष्ट पारेका हुन् ।

गृहमन्त्रीले बालकृष्णले पनि अन्य कैदीले जस्तै ४० प्रतिशत सजाय भुक्तानी गरेको तथा कारागारमा असल चालचलन देखाएकाले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘ढुंगेलविरुद्धको मुद्दा राजानैतिक रहेको निचोड सबै दलले निकालेका हुन्, तर सर्वोच्चबाट सजाय भइसकेकाले कानुनी प्रकृया पुरा गर्न समस्या भएको थियो’, उनले भने, ‘सर्वाच्चको आदेशपछि र त्यसअगाडि ४० प्रतिशत सजाय काटिसकेकाले माफी दिइएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com