अशोक दर्जी किन जाँदैछन् मलेसिया ?


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

अशोक दर्जि मलेसिया जाने भएका छन् । उनी आफ्ना सांगीतिक प्रस्तुतिका लागि मलेसिया जान लागेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएसँगै चर्चामा आएका अशोकलाई मलेसियामा रहेका नेपालीहरुले बोलाएका हुन् । यो उनको पहिलो विदेश भ्रमण हो ।

अशोक संगीतकार टंक बुढाथोकीसँगै मलेसिया जानेछन् । मलेसियामा जून १५ देखि १७ सम्म सांगीतिक कार्यक्रम आयोजना गरिएको संगीतकार बुढाथोकीले जानकारी दिए ।

मलेसियापछि संगीतकार बुढाथोकीले अशोकलाई लिएर दुबइ जानेछन् । त्यहाँ २२ तारिखमा कार्यक्रम छ ।

धेरै देशबाट सांगीतिक कार्यक्रममा सहभागी हुन प्रस्तावहरु आइरहेको बुढाथोकीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ । मन बिनाको धन ठूलो कि धन बिनको मन बोलको गीतमा उनले स्वर दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com