समृद्धि हुँदै समाजवादको यात्रा : प्रधानमन्त्री, सही रणनीतिसहित समाजवादतर्फ : प्रचण्ड
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
dfS;{jfb / ;dfhjfb ljifos ;Dd]ng sfn{ dfS;{sf] hGd låztjflif{sLsf cj;/df g]kfn sDo’lgi6 kf6L{ / g]skf -d;fn_ n] a’waf/ sf7df8f}Fdf cfof]hgf u/]sf] ædfS;{jfb / ;dfhjfbÆ ljifos b’O{ lbg] cGt/f{li6«o ;Dd]ngdf g]skfsf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k’iksdn bfxfn …k|r08Únufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।
विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा ९मसाल० ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए । 
उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वोच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।”
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताए ।
उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले भने, “माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।”
“जनवादलाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा हामीले सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ,” उनले भने, “नेपाली कम्युनिष्ट आन्दोलनका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तनका साथै समावेशी लोकतान्त्रिक संघीय गणतन्त्रका साथ समाजवाद उन्मुख संविधान दिलाउनु विश्वका लागि पनि एक सन्देश हो ।”
नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भने ।
नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वका सरकार रहेको सन्दर्भमा कम्युनिष्ट र समाजवादी आन्दोलनका विश्व अनुभव आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने बताउँदै उनले श्रमिक वर्गको मुक्ति र सामाजिक समृद्धिका लागि माक्र्सवाद बाहेक अर्को दर्शन नभएको धारणा व्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताए ।
सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् ।





