मनोज गजुरेलको पूर्वपत्नी फिल्म बनाउँदै


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

हाँस्य कलाकार मनोज गजुरेलका पूर्वपत्नि मिना ढकालले नारीप्रधान लभस्टोरी फिल्म बनाउने भएकी छन् । फिल्मको लिडमा उनी आफैं खेल्नेछिन् ।

मिनाले बनाउने फिल्मको नामभने जुर्न बाँकी छ । तर, उनका अनुसार फिल्मको नाम ‘हार्ट अट्याक’ राख्नेभन्ने बारेमा छलफल भइरहेको छ । फिल्ममा एक करोडभन्दा बढि लगानी गरिने मिनाले बताइन् ।

मिनाले आर्यन शर्मासँग मिलेर फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । कलाकारहरु कोही पनि फाइनल नभएको तर सकभर नयाँ हिरोरहिरोइनलाई राख्ने सोच रहेको मिनाले बताइन् । फिल्मको सुटिङ पूर्वी नेपाल इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलसँग वैवाहिक सम्वन्ध टुटेपछि मिना ढकाल कलाकारितामा आफूलाई भिजाउन प्रयासरत छिन् । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनी अब फिल्म निर्माण र अभिनयमा पनि सक्रिय हुन लागेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनोज र मिनाले २२ वर्ष लामो वैवाहिक सम्वन्धलाई अन्त्य गर्दै गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् । मीनाले अंशबण्डावापत गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छिन् भने उनकी छोरीले ६० लाख रुपैयाँ पाएकी छिन् । अहिले मिना छोरीसँग र मनोज छोरासँग बस्छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com