जनतालाई भ्रममा नपारी काम गरेर देखाउ: सभापति देउवा


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकासको मूल धारमा उभिन सरकारलाई सुझाव दिनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा उहाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई आग्रह पनि गर्नुभयो ।

देउवाले वामपन्थी सरकारले व्यवहारमा प्रजातन्त्र प्रदर्शन गर्न सक्नुपर्ने पनि बताउनुभयो । देउवाले आफू प्रजातन्त्रवादी हो भनेर वामपन्थीहरुले भन्दै आएकाले त्यो आचरणमा देखिनुपर्ने धारणा राख्नुभयो । देश गणतन्त्र र संविधानको कार्यान्वयनको महत्वपूर्ण बाटोमा हिँडेको उल्लेख गर्दै देउवाले नेपालमा पूँजी नभएकोले विकासका लागि लगानी भित्राउनुपर्ने सुझावसमेत दिनुभयो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रको विपक्षमा उभिने शाहस अब कसैको नभएको बताउनुभयो । सबै दललाई इमान्दारिताका साथ राष्ट्रिय लक्ष्यमा केन्द्रित हुन उहाले आह्वान पनि गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा कांग्रसका नेता कृष्णप्रसाद सिटौलाले प्रजातान्त्रिक संस्कृतिको जग बसान्दै जनताको आकांक्षा पुरा गर्नेतर्फ सम्पूर्ण दल एक हुनुको विकल्प नभएको बताउनुभयो । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकार र प्रतिपक्षी मिलेर जनताको चाहना पूरा गर्न लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी नेताहरुले गणतन्त्रलाई जनताको बनाउन सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com