गाेरेले सुनका मालिक चिनेनन्


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

हराएकाे भनिएकाे तस्करीकाे साढे ३३ किलो सुन कसकाे हाे भन्ने खुल्न सकेकाे छैन । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्वीकार गरेकाे कान्तिपुर दैनिकले लेखेकाे छ ।

३७ पृष्ठ लामाे बयानमा दुबईबाट नेपालमा सुन भित्र्याउने गरेको तथ्य, ३३ किलो सुन हराएको, सुन पत्ता लगाउन थाई एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ र शनम शाक्य लगायतमाथि अाफूले अनुसन्धान गरेको गाेरेले सत्य रहेकाे बताएका छन् । हराएको सुन पत्ता लगाउने क्रममा फागुन १७ गते शाक्यलाई कुटपिट गर्दै सोधपुछ गरे पनि मार्ने नियत नभएको उनले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com