नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ।

मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना नानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल पनि हुने गरेको छ ।

नयाँ बिरामी २०० तथा पुरानो बिरामी २०० गरी दैनिक ४०० भन्दा बढी आँखाका रोगीको उपचार सेवा दिँदै आएको त्यस केन्द्रमा विशेष गरी मोतियाबिन्दु, आँखाको पर्दा च्यातिएको समस्या भएका आँखा रोगी, सुगर तथा प्रेसरका कारण उत्पन्न हुने आँखा रोगी, उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेषज्ञ पौडेलले भन्नुभयो– गर्मी मौसम पनि शुरु भइसकेकाले आँखाका बिरामी विशेष गरी सतर्क हुनुपर्छ । यो समयमा स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ ।

आँखा शरीरको महत्वपूर्ण अंग भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।

त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने पौडेलको धारणा छ ।

उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ । आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ ।

अर्को कारण हो माइनस १५ देखि माइनस २० पावरको चस्मा लगाउने व्यक्तिमा पनि आँखाको पर्दा च्यातिन सक्ने सम्भावना हुन्छ । उहाँका अनुसार माइनस १० पावरको चस्मा लगाउने आँखा रोगीले समय समयमा जाँच गरेर आँखाको ख्याल राख्नुपर्छ ।

केन्द्रमा आँखा जँचाउन आउनुभएका रामेछापका सुरेश घिमिरेले आँखाको ज्योति नै मेरो सम्पत्ति भएकाले हरेक वर्ष आफैँले आँखा जाँच गराउँदै आएको बताउनुभयो । कामको सिलसिलामा कम्प्युटर, ल्यापटप तथा मोबाइलको प्रयोगले आँखा अलि कति कमजोर भएको अनुभूति आफूलाई लागेको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com