बागलुङमा आजबाट निःशुल्क डायलाइसिस सेवा शुरु


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख १०, बाग्लुङ । पहिलोपटक धवलागिरि अञ्चल अस्पताल बागलुङमा  निःशुल्क डायलाइसिस सेवा शुरु भएको छ । यस क्षेत्रमा  शुरु भएको सो सेवाबाट मिर्गौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन्।

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलाइसिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले बताए।

दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलाइसिस गर्न सकिने उनको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ।

यो सेवा शुरुसंगै महँगो खर्चमा डायलाइसिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए।
‘लामो प्रयासपछि डायलाइसिस सेवा शुरु भएको छ,’ उनले भने, ‘यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले अघिल्लो वर्षदेखि डायलाइसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो।

देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलाइसिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com