नेपालसँग ‘विशेष सम्बन्ध’को अपेक्षा भारतका लागि फाइदाजनक छैन


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत आएका थिए । केपी ओली यसै वर्ष फेब्रुअरीमा नेपालका प्रधानमन्त्री बनेका हुन् । यो उनको दोस्रो कार्यकाल हो । यतिबेला उनले धेरै मजबुतका साथ आफ्नो देशको प्रतिनिधित्व गरिरहेका छन् र उनको यस भारत भ्रमणबाट दुवै देशबीचको सम्बन्ध एउटा नयाँ आयाममा पुगेको जस्तो भान हुन्छ ।

नेपालका प्रधानमन्त्रीले पछिल्ला दिनहरूमा चीनको वेल्ट एन्ड रोड परियोजनामा हस्ताक्षर गरे र त्यतिबेला भारत त्यस्तो स्थितिमा देखिएन, जब उसले यस विषयमा काठमाडौंमाथि कुनै प्रभाव पार्न सकोस् । चीनसँग ओली नेतृत्वको सरकारले एउटा रेल परियोजनामा पनि सम्झौता गरेको छ । यसमा तिब्बतबाट भएर नेपालसम्म रेलको लिक स्थापित गरिनेछ । त्यस्तै गरी आउने दिनहरूमा चीनले नेपालका लागि तेलको आपूर्ति पनि बढाउने छ । ओलीलाई चीनतिर झुकाव राख्ने नेताका रूपमा चिनिन्छ र उनका लागि यी सम्झौताको एउटा विशेष महत्व छ ।

नेपालको आन्तरिक राजनीतिको कुरा गर्ने हो भने चुनावपछि उनको नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग विलयका लागि तयार थियो । त्यसपछि कम्युनिस्टहरूको एउटा सिङ्गो ‘ब्लक’ नेपाल कम्युनिस्ट पार्टी बन्यो, जसले ओलीलाई प्रधानमन्त्री चुनेको हो । यदि यी दुवै पार्टीको एकीकरण भएको हुँदैन्थ्यो भने बुर्जुवा मानिएको नेपाली काँग्रेस नै सबैभन्दा ठूलो पार्टी हुने थियो ।

यही कारण हो, ओली यतिबेला यस्तोस्थितिमा छन्, जब उनले नयाँ दिल्ली र बेजिङकासाथ सबैभन्दा राम्रो ढङ्गले नेपालको सम्बन्ध अगाडि बढाउन सक्छन् । आफ्नो भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जब नेपालका प्रधानमन्त्रीसँग भारतको द्विपक्षीय सहायता अब काठमाडौंको प्राथमिकतामा तय गरिने बताए, त यसको अर्थ हो भारत सरकार नयाँ वास्तविकतालाई स्वीकार गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्ताका क्रममा ओलीले पनि यसमा एउटा महत्वपूर्ण कुरा भने । उनले भने– २१औँ शताब्दीको वास्तविकतालाई ध्यानमा राखेर उनी ‘विश्वासको आधारमा’ दुवै देशको सम्बन्धको बलियो जग खडा गर्न चाहन्छन् । उनको यो कथन आफैमा के कुरा व्यक्त गर्न प्रयाप्त छ भने, भारत र नेपालको सम्बन्ध अब एउटा नयाँ आयाममा प्रवेश गर्न गइरहेको छ । आज फेरिएको परिस्थितिका बीच के कुरा बेमतलबको हुन्छ भने ओली प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा दिल्ली आएका थिए भनेर भारतले यसलाई आवश्यकताभन्दा धेरै महत्व देओस् ।

त्यसै पनि भारतलाई नेपालबाट ‘विशेष सम्बन्ध’को अपेक्षा राख्नुभन्दा त्यहाँको राजनीतिक स्थिरतालाई महत्व दिँदै सामान्य मित्रवत सम्बन्ध राख्ने प्रयास धेरै अघि सुरु गरिदिनुपर्ने थियो । यसले मात्र के कुरा सुनिश्चित हुन सक्छ भने नेपाल स्वयम् आफै भारतका खिलाफ प्रयोग हुनबाट रोकियोस् ।

ओलीको भ्रमणका क्रममा दुवै देश बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेल लाइन बिछ्याउने कुरामा सहमत भएका छन् । आम मानिसहरू सँग–सँगै सामान ढुवानीको दृष्टिबाट यो परियोजना निकै महत्वपूर्ण मान्न सकिन्छ । भारत नेपाललाई आफ्नो जल मार्गका माध्यमबाट समुद्रसम्मको पहुँच दिने कुरामा दुवै सहमत भएका छन्, जुन सहयोगको महत्वपूर्ण क्षेत्र सावित हुनेछ ।

यी सबै सम्झौता आफैमा निकै महत्वपूर्ण छन्, तर दुवै देशको सम्बन्ध अगाडि र माथितर्फ बढोस, त्यसका लागि सबैभन्दा महत्वपूर्ण भनेको भारत र नेपालका राजनीतिक नेतृत्वले एकअर्कासँग तालमेल कायम गरून् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com