डढेलो नियन्त्रण गर्न गएका वन अधिकृत बँदेलको आक्रमणबाट गम्भीर


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

चैत १८, कञ्चनपुर । बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव गम्भीर घाइते भएका छन् ।

सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताए ।

यादवको घाँटीनेरको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लगिएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com