डेढ महिनादेखि विद्युत अवरुद्ध हुँदा स्थानीय समस्यामा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, इलाम । इलामको माईजोगमाई गाउँपालिकाको पशुपतिनगरमा डेढ महिनासम्म विद्युत अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । सडक निर्माणका क्रममा गाडिएका काठको पोल ढलेपछि गाउँपालिकाका वडा नम्बर २ , ४ , ५ , ६ का स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् ।

सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका ६ वटा पोल ढलेको वडा सचिव गोविन्द भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत अवरुद्ध हुँदा गाउँपालिकाका दुई सय ५० घरधुरीलाई प्रत्यक्ष असर पुर्‍याएको छ ।

पुराना पोलहरु जीर्ण भएपछि नयाँ फेर्दा यस्तो समस्या आएको विद्युत प्राधिकरण उपशाखा कार्यालय, पशुपतिनगरका विनोद मास्केले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ट्रान्समिटर जडान गर्नका लागि केही सामान आउन बाँकी भएकाले यो समस्या भएको हो , अब छिट्टै यो समस्याको समाधान हुन्छ ।’ स्थानीय र गाविसको पहलमा ४ वर्ष अगाडि यो क्षेत्रमा विद्युत लाइन विस्तार गरिएको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com