भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती पनभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए ।

बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com