यी हुन क्याविनेट डाक्टर, प्रधानमन्त्रीसहित मन्त्रीको स्वास्थ्य जाँच गर्ने


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले दुई चिकित्सकलाई प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको स्वास्थ्य जाँचको जिम्मेवारी दिँदै ‘क्याविनेट डाक्टर’ का रुपमा नियुक्त गरेका छ।

प्रधानमन्त्री केपी ओलीको लामो समयदेखि नियमित स्वास्थ्य जाँच गर्दै आएका डा. दिव्या सिंह शाह र डा. दिलीप शर्मालाई प्रधानमन्त्रीसँगै अन्य १७ जना मन्त्री र चार राज्य मन्त्रीको स्वास्थ्य जाँच गर्ने जिम्बेवारी तोकिएको छ।

अनुभवी, दक्ष र इमान्दार चिकित्सकको छवी बनाएका यी दुवै चिकित्सकले जाँच गरेपछि र उनीहरुको सुझावपछि मात्रै प्रधानमन्त्री सहित मन्त्रीहरु उपचारका लागि विदेस जान पाउने छन्। यी दुवै चिकित्सकले जिम्मेवारी थपिएको महसुस भएको बताए।

प्रधानमन्त्री र मन्त्रीहरुलाई स्वास्थ्य उपचारका लागि सकेसम्म विदेश नै जान नपरोस भन्ने आफुहरुको चाहना रहेको उनीहरुको भनाई छ। डा. शाहलाई मिर्गौला प्रत्यारोपणको प्रणेताको रुपमा लिने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. शाहकै नेतृत्वमा शिक्षण अस्पतालमा फरक रक्त समूहको मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो। त्यो भन्दा पहिले मिर्गौला प्रत्यारोपणको सेवाको थालनीमा पनि उनले अगुवाई गरेकी थिइन।

त्रिवी शिक्षण अस्पतालमा कार्यरत मिर्गौला रोग विशेष डा. शाह प्राध्यापक समेत हुन्।

वीर अस्पतालमा लामो समयदेखि कार्यरत कलेजो रोग विशेषज्ञ डा. शर्मा नेपाल मेडिकल काउन्सिलका रजिष्टार पनि हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com