अस्ट्रेलिया छिर्न खोज्ने ८ भारतीय नक्कली पत्रकार ब्रिसबेनबाट पक्राउ


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

नक्कली कागजात प्रस्तुत गरेर अस्ट्रेलिया छिर्न खोजेको भन्दै ९ जना भारतीय नागरिकलाई ब्रिसबेन विमानस्थलबाट पक्राउ गरिएको छ ।

बैंककमा आनलाइन संयोजन अधिकृतले अस्ट्रेलिया यात्रा गर्दै गरेका ९ भारतीयको गतिविधी संकास्पद देखेपछि अस्ट्रेलियाको अध्यागमन विभागलाई खबर गरेका थिए ।

उनीहरु अस्ट्रेलियाको ब्रिसबेन उत्रेपछि अस्ट्रेलियन प्रहरीले हिरासतमा लिई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरुले बुझाएको विवरण झुट रहेको पाइएको थियो ।

कमनवेल्थ खेलको रिर्पोटिङका लागि भन्दै अस्ट्रेलिया आइपुगेका उनीहरुको मिडिया सम्बन्धित कागजात नै नक्कली भेटिएपछि उनीहरुलाई हाल हिरासतमै राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुबारे थप छानवीन भइरहेको र छिट्टै स्वदेश फर्काउने तयारी भएको पनि स्थानीय संचारमाध्यमले जनाएका छन् ।

८ भारतीयसँगै यात्रा गरिरहेका अर्का एकजनालाई भने प्रहरीले पक्राउ गरेर अनुशन्धान सुरु गरेको छ । उनीमाथी प्रहरीले मानव वेचविखनको मुद्धा लगाउने तयारी गरेको छ । उनलाई नक्कली कागजात बुझाएर अस्ट्रेलिया छिर्न खोज्नेलाई सहयोग गरेको आरोप लगाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com