‘दशैंमा आमाको आशिर्वाद भन्दा शक्तिशाली अरु छैन’ – जीवा लामिछाने


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर दशैं मनाउने क्रममा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले आमाबाट टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् ।

दशैंमा आमाको आशिर्वाद थाप्दै लामिछानेले फेसबुकमार्फत भनेका छन् – ‘आमाको आशिर्वाद भन्दा शक्तिशाली अरू कुनै चीज छैन । सन्तानको हरेक सफलतामा आमाको आशिर्वाद रहेको हुन्छ । आमाको आशिर्वाद रहेसम्म कोहि पनि दीनदुखी हुदैन ।’

घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि देशभर दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com