एक हप्ताको शिशुको जीवनसंघर्ष


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

फागुन ६, एजेन्सी । आखिर जे नभइदेओस् भनेर उनीहरुले भगवानसंग प्रार्थना गरेका थिए, त्यही भयो । समय नपुगी छोरा जन्मियो । त्यही छोरामा पनि जन्मजात मुटुको समस्या छ भनेर डाक्टरले भन्दा आमा एमी रोबर्ट्स निकै विक्षिप्त भइन् । जन्मेको एकसातामै उनको छोराको ओपन हार्ट सर्जरी गर्नुपर्ने भयो।

‘त्यो थाहा पाएर म निकै रोएँ,’ एमीले सम्झिइन्, ‘हामीले इको, इसीजी, रगत परीक्षणजस्ता थुप्रै परीक्षण गर्‍यौं, तर आखिर बच्चालाई सर्जनका अगाडि सुम्पनुको विकल्प थिएन, म त्यो बेलाजति कहिल्यै रोइनँ ।’

बच्चामा चार खालका मुटुका समस्या थिए । धमनी साँघुरो थियो, मुटुको धमनीबीच असामान्य किसिमले रगत बगिरहेको थियो, मुटुमा थुप्रै प्वाल थिए र तीन भल्भ हुनुपर्नेमा दुइवटा मात्रै थिए । त्यसमाथि बच्चा दिइएको समयभन्दा एक हप्ताअगाडि नै जन्मिएको थियो । डाक्टरहरुले अझै तौल बढोस् भनेर अपरेशनका लागि अझै एक हप्ता कुरे ।

एमी भन्छिन्, ‘डाक्टरहरुले जति कुर्थे, उसको मृत्यु नजिकिएको मलाई महसुस हुन्थ्यो, जब डाक्टरहरुले बच्चाको मृत्युको खतराबारे भने, मैले चारैतिर धमिलो देख्न थालें ।’ उनका अनुसार डाक्टरहरुले बच्चामा प्यारालाइसिस, संक्रमण, स्पाइनल कर्डको क्षति, स्ट्रोक र आन्तरिक रक्तश्राव हुन सक्ने बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्ततः एमीका छोरा लियोको अपरेशन सफलतापूर्वक भयो । अपरेशन भएपछि उनले सबैभन्दा पहिले दौडेर गएर छोरालाई हेरिन् । ‘उसका आँखा सुन्निएका थिए, तारैतार र मेसिनका बीच श्वास लिइरहेको उ टाठो थिएन ।’

अपरेशन सफल भएकोमा यो दम्पत्तीले ब्रिस्टोल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुको टिमलाई धन्यवाद दिएको छ । अझै पनि लियोमा मुटुका दुई समस्या रहेको तर उसको अवस्था पहिलेभन्दा राम्रो भएको एमीले बताइन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com