नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवाका कार्यक्रम अझ विस्तार गर्ने


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

माघ १७, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा  र विपद् व्यवस्थापनका कार्यक्रमलाई अगामी दिनमा अझ विस्तार गर्ने जनाएको छ।

सोसाइटीले हाल ३३ जिल्लाका ५१ नगरपालिका र ४४ गाउँपालिकाका विपद् व्यवस्थापन तथा रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा जस्ता स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ । ती कार्यक्रमबाट गत वर्ष चार लाख ६५ हजार ८९४ परिवार लाभान्वित भएका सोसाइटीले जनाएको छ।

यसैबीच सोसाइटीद्वारा सञ्चालित विपद् व्यवस्थापन र स्वास्थ्य सेवाका कार्यक्रमको वार्षिक समीक्षा बैठक चितवनमा सम्पन्न भएको छ । सोसाइटीका सञ्चार विभाग प्रमुख दीव्यराज पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डे र स्वास्थ्य सेवा विभागका प्रमुख मोना अर्यालले कार्यक्रमका प्रगति प्रस्तुत गर्दै आगामी दिनमा ती दुई कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए।

कार्यक्रममा गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका प्रमुख डा दयाराम श्रेष्ठले विपद् व्यवस्थापन ऐनका बारेमा चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयनमा उतार्न जोड दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव सीता दवाडीले मन्त्रालयद्वारा सञ्चालित विपद् उत्थानशील योजना, नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका प्रमुख जितबहादुर गुरुङ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नरबहादुर रावतले विपद् व्यवस्थापनका बारेका आ–आफ्ना कार्यालयका विपद् कार्यक्रममा जानकारी एवं प्रस्तुति दिएका थिए।

कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सबैखाले विपद् तथा स्वास्थ्यका समस्या तत्काल सम्बोधन गर्न सोसाइटीका स्वयंसेवक लागिरहेको अगामी दिनमा यस किसिमका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी दिए।

अस्ट्रिलियन रेडक्रसका प्रतिनिधि मुकेश सिँह, आइसिआरसीका प्रतिनिधि आन्दे पाकेले अगामी दिनमा विपद् व्यवस्थापन र स्वास्थ्य सेवा क्षेत्रमा सोसाइटीमार्फत समुदायलाई निरन्तर सहयोग जारी रहने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com