औषधि व्यवस्था विभागको अनुगमन आउने सुइँको पाएपछि, कटारीका अधिकांश औषधि पसल दुई दिन बन्द


प्रकाशित मिति : १४ माघ २०७४, आइतबार

 

माघ १४, उदयपुर औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए।

विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के चेक गर्ने सूचना औषधि पसलेहरुले पहिल्यै थाहा पाएका थिए। दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु राखेका हुन सक्ने औषधि पसलहरुले अनुगमनको सूचना पाउनासाथ पसल बन्द गरेका थिए।

अधिकांश औषधि पसल किन बन्द भन्दै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेललाई अनुगमन टोलीले जानकारी मागेका थिए । तर उनले यसमा अनविज्ञता प्रकट गरे।

अनुगमन आउँदा औषधि पसल बन्द भएपछि स्थानीयले गुणस्तरमा आशंका व्यक्त गरेका छन्।

जनता साझा पोलीक्लीनिक, सगरमाथा हास्पिटल, बारा मेडिको, देव मेडिको र रोहित रोशन मेडिको बन्द थिए। अनुगमनका क्रममा ओवैस फर्मामा बिक्री बितरणको बिल दुरुस्त नरहेको, पसल दर्ता प्रमाणपत्र नबीकरणको म्याद सकिएको र औषधि मिश्रित साबुन ९भ्याटमा खरीद० संचय गरेको भेटिएको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत बिजय कार्कीले  जानकारी दिए।

बन्द फार्मेसी दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औसधिहरु हुन सक्ने र विभागको मापदण्ड  पूरा नगरेके हुनसक्ने फार्मेसी अधिकृत कार्कीले बताए।

कटारी मोडल हेल्थ केयर प्रा।ली, आस्था हस्पिटल प्रा.ली., उज्वल मेडिको, ओवैस फर्मा, शाह मेडिको ,कटारी आस्था मेडिको र हलेसि फार्मेसी भने खुलेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुगमनमा असहयोग गरेकाले बन्द फार्मेसीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलय मार्फत पत्रचार गरी कारबाहीको प्रकिया अगाडि बढाउने फार्मेसी अधिकृत अबिनाश प्याकुरेलले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com