नेपालबाट ४० लाख भन्दा धेरै डिभीका आवेदन, ६० लाख भन्दा धेरै सहभागी


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

नेपालबाट अहिलेसम्म डिभी लोटरीका लागि ४० लाख भन्दा धेरैले आवेदन दिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकले देखाएको छ । तथ्यांक अनुशार आवेदकका छोराछोरी र दम्पत्तिहरुको संख्या जोड्दा यो संख्या ६० लाख भन्दा धेरै रहेको छ । यसरी हेर्दा हाइस्कुल स्तर (१२ कक्षा) सम्मको डिभीका लागि शैक्षिक योग्यता पूरा गरेका अधिकांश नेपालीहरुले डिभी लोटरीका लागि आवेदन दिएको स्पष्ट देखिन्छ ।

आर्थिक बर्ष २०१७ को डिभी लोटरी (जसको भिसा प्रकृया सन् २०१६ को अक्टोबर १ देखि सुरु भइसकेको छ )का लागि विश्वभरबाट १ करोड २४ लाख ३७ हजार १ सय ९० जनाले आवेदन दिएका थिए । उनीहरुका आफन्तहरुसमेत जोड्दा आवेदकहरु १ करोड ९३ लाख ४४ हजार ५ सय ८६ जना रहेका थिए । ति मध्ये झण्डै १० लाख नेपालीहरु रहेको तथ्यांक रहेको छ । उनीहरुले सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डिभी लोटरी भरेका थिए ।

आर्थिक बर्ष २०१६ को डिभी कार्यक्रमका लागि विश्वभरबाट १ करोड १३ लाख ९१ हजार १ सय ३४ जनाले डिभी लोटरी भरेका थिए । उनीहरुका आफन्तहरुसमेत जोड्दा यो संख्या १ करोड ७५ लाख ७३ हजार ३ सय ५० रहेको थियो । उनीहरुमध्ये नेपालीहरु झण्डै १० लाखकै हाराहारीमा रहेका थिए । उनीहरुले सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डिभी लोटरी भरेका थिए ।

त्यस्तै आर्थिक बर्ष सन् २०१५ को डिभी लोटरी कार्यक्रमका लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी सन् २०१४ को डिभी कार्यक्रमका लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने सन् २०३ को डिभी कार्यक्रममा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

कुन बर्ष कति नेपालीले भरे डिभी लोटरी ? यससम्बन्धि अमेरिकी सरकारको तथ्यांक ।

screen-shot-2016-10-02-at-11-18-15-am

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com