प्रोफेसर रामेश्वर भन्डारी साउदर्न क्यालिफोर्नियाका लागि पर्यटन दुत


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

– गोकुल ढकाल 
नेपाल सरकार, नेपाल पर्यटन बोर्डले ग्रेटर लस एन्जलस क्षेत्रका सकृय सामाजिक अभियान्ता प्रोफेसर रामेश्वर भन्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त गरेको छ । नेपाली समुदायको बढ्दो आकर्षण क्यालिफोर्निया र विश्वको ब्यापारिक मुटु लस एन्जलस क्षेत्रमा नेपाली धर्म, संस्क्रिती, परम्परा र पर्यटन बिकासका लागि सहयोग पुग्ने अपेक्षाले नेपाल सरकारको तर्फबाट प्रोफेसर भन्डारीलाई पर्यटन दुत नियुक्त गरिएको कुरा नेपाल पर्यटन बोर्डले जनाएको छ ।

ब्यापार, मनोरन्जन र मौसमको मायावी शहर लस एन्जलस, विश्वको प्रख्यात चलचित्र नगरी हलिवूड र यस क्षेत्रमा बढ्दो नेपाली उपस्थिती, नेपाली समुदायको बढ्दो सामाजिक सकृयता, अमेरिकामा नव-आगन्तुक नेपालीहरुको आकर्षणको पहिलो रोजाई लस एन्जलस हुन पुगेको छ । यस् क्षेत्रमा आफ्नै स्वामित्वको नेपाली मन्दिर, विवादरहित नेपाली समाज, ब्यस्तताका वाबजुद सहभागीतामा एकता बोकेको ग्रेटर लस एन्जलस क्षेत्रमा नेपाली समुदायको उपस्थिती र आपसी हातेमालो अभियानले जन्मभुमी नेपालको पर्यटन बिकासमा प्रखर पत्रकार र प्रोफेसर भन्डारीको नियुक्तिले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक आश जागेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नवनियुक्त पर्यटन दुत भन्डारी क्यालिफोर्निया विश्वविद्धालय, लस एन्जलसबाट अंग्रेजी बिषयमा स्नातकोत्तर हुनुहुन्छ । हाल क्यालिफोर्निया विश्वविद्धालय लस एन्जलस र लस एन्जलस कम्युनिटी कालेज डिस्ट्रिक्ट अन्तर्गतको दुई कलेजमा अध्यापनरत हुनुहुन्छ । नेपालमा त्रिभुवन विश्वविद्धालयमा अंग्रेजी बिषयका प्राद्धापक श्री भन्डारी बिगत सात बर्षदेखी लस एन्जलस क्षेत्रमा नेपाली समुदायमा सकृय हुनुहुन्छ ।

पत्रकारिता बिषयको बि ए तहका ब्याज टपर भन्डारी नेपालमा द हिमालयन टाईम्स र स्पेस्टाईम टुडे अंग्रेजी दैनिक अखवारहरुमा सह-सम्पादक हुनुहुन्थ्यो । हाल अंग्रेजी शिक्षकहरुको अन्तरराष्ट्रिय संगठनका सदस्य श्री भन्डारी लस एन्जलस क्षेत्रमा विभिन्न अखवार र सामुदायिक संस्थामा संलग्न हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवासी नेपाली समुदायिक ईतिहासको एउटा नमुना श्रीपशुपतिनाथ फाउन्डेशनका वर्तमान सचिव नव-नियुक्त पर्यटन दुत भन्डारी आफ्नो निष्कलंकित छवी, प्रश्ट वाक-शैली र फाउण्डेशन मार्फत अनवरत सामुदायिक सेवाका कारण छोटो समयमै नेपाली समुदाय विच चर्चित हुनुहुन्छ । रुंपैया- पैसा वा धन भन्दा निर्मल मनले निरन्तर आफुसक्दो गरिने सामुदायिक सेवा नै आफ्नो धर्म सम्झने श्री भन्डारी श्रीपशुपतिनाथ फाउन्डेशन प्रवेश पश्चात सो संस्थाका हरेक गतिविधीहरुको पारदर्शिता र निरन्तर रुपमा गरिएको यथार्थ सम्प्रेषणका कारणले पनि छोटो समयमै चर्चित हुनुहुन्छ ।

मेन्स्ट्रिम पत्रकारिताका प्रखर पत्रकार, अंग्रेजी बिषयका बिद्धार्थी हुंदै वर्तमानमा सोही बिषयका प्राद्धापन पेशा, निरन्तर निस्वार्थ सामाजिक सेवाको संलग्नता र ब्यापार, चलचित्र र मनोरन्जनको मायावी शहर लस एन्जलस क्षेत्रबाट सम्पुर्ण तर्फबाट निपूर्ण ब्यक्तित्वको मनोनयनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डप्रति साउदर्न क्यालिफोर्निया र ग्रेटर लस एन्जलस क्षेत्रको गौरवका रुपमा लिएको छ ।
ntb-letter

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com