नर्स र सरकारबीच सहमति, आन्दोलन टुंगियो


प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार

 

माघ ४, काठमाडौं । आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ।

स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घन्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको हो।

सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

११ बुँदे मागमा सबैभन्दा पहिलो माग मानव अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय थियो।

सो मागमा सरकारले निष्कासित दुई जना नर्सलाई ३ महिनासम्मका लागि पुर्नवहाली गर्ने र उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने र अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com