सन् २०१७ का डिभी विजेताको भिसा सुरु, ५ सय नेपाली अमेरिका आउन नपाउने


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

 

आर्थिक बर्ष सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया अक्टोबर १ देखि सुरु भएको छ । अक्टोबर १ देखि अमेरिकाको आर्थिक बर्ष २०१७ सुरु भएको छ । अब सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुले अमेरिका जानका लागि भिसा प्राप्त गर्न सुरु गर्नेछन् । तर सन् २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी चिठ्ठा परेको छ । तर उनीहरुमध्ये झण्डै पाँचसय जनाले भने डिभी चिठ्ठा परेर पनि अमेरिकाको भिसा पाउने छैनन् । आर्थिक बर्ष सन् २०१७ का लागि डिभी विजेताहरु सन् २०१५ को अक्टोबरमा डिभी लोटरी भर्नेहरु हुन् ।

विश्वभरबाट लाखौंले डिभी लोटरीका लागि फारम भरेकोमा सन् २०१७ का लागि विश्वभरबाट ८३ हजार १ सय ९० जनालाई डिभी लोटरी परेको थियो । उनीहरुबाट छानेर ५० हजार जनालाई अमेरिकामा लगेर ग्रिनकार्ड प्रदान गरिने अमेरिकी सरकारको केन्टकी कन्सुलर सेन्टरले जनाएको छ । यो कार्यक्रम अन्तरगत ५० हजारलाई अमेरिकी ग्रिनकार्ड प्रदान गरिने भएपनि सबै योग्य नहुने तथा डिभी लोटरी परेका सबैजनाले भिसाका लागि आवेदन नदिने भएकाले तोकिएको संख्या भन्दा धेरैलाई डिभी लोटरी पार्ने गरिएको अमेरिकी सरकारले जनाएको छ । सन् २०१७ का लागि डिभी परेकाहरुले सन् २०१६ को अक्टोबर १ देखि सन् २०१७ को सेप्टेम्बर ३० सम्म ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

डिभी परेर अमेरिका आउनेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् । आर्थिक वर्ष सन् २०१५ मा डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका थिए । नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएनन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका थिए । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको थियो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक बर्ष चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरेको थियो । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका थिए । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ मा झण्डै ३ सय डिभी लोटरी विजेता नेपालीहरुले भिसा पाएनन् । तर यकिन संख्या भने केहीदिनपछि सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com