अस्थायी राजधानी माग गर्दै दाङमा भएको हिंसाले निर्वाचन आयोग चिन्तित
प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार
माघ ४ , दाङ । प्रदेश अस्थायी केन्द्र र प्रमुख तोकिए लगत्तै माघ ७ गतेदेखिका लागि निर्धारित राष्ट्रिय सभाको निर्वाचनको बाटो खुले पनि दाङलगायत केही ठाउँहरुमा भएको हिंसापछि निर्वाचन तालिका प्रभावित नहोस् भनेर सुनिश्चित गर्न निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ।
दाङलार्इ नै अस्थाइ केन्द्र माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयहरुले निर्वाचन पदाधिकारीहरुलाई त्यहाँ काम गर्न नदिने घोषणापछि आयोगले विद्यमान परिस्थितिको आन्तरिक आकंलन सुरु गरेको हो।
‘दाङमै निर्वाचन आयोगको कार्यालय भएको र त्यहाँकै कर्मचारी निर्वाचनमा खटाउने तयारीमा छौ। निर्वाचनको लागि अर्को विकल्प छैन’ आयोगका सह प्रवक्ता मुकुन्द शर्माले देश सञ्चारसँग भने।
तर शान्ति सुरक्षाको स्थिति प्रतिकुल रहेमा हाल तोकिएको प्रदेश न.ं ५ को अस्थायी केन्द्र बुटवलबाटै निर्वाचन गर्ने विकल्प खुल्ला राख्नु पर्ने सुझाव आयोग भित्रबाटै आएको छ।