किन आयो नयाँ शक्ति सडकमा ?


प्रकाशित मिति : आश्विन १४, २०७३ शुक्रबार

नेपाल- भारत २५ बुँदे संयुक्त विज्ञप्तिमा असन्तुष्टि जनाउँदै भद्रकालीमा शुक्रबार दिउँसो नयाँ शक्तिका नेता कार्यकर्ताले एक घण्टा धर्ना दिए । नयाँ शक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी २५ बुँदे संयुक्त विज्ञप्तिको केही बुँदामा असन्तुष्टि जनाउँदै शुक्रबार राजधानीमा धर्ना दिएको हो । पार्टीका संयोजक डा. बाबुराम भट्टराईसहितको उपस्थितिमा भद्रकालीमा शुक्रबार दिउँसो नयाँ शक्तिका नेता कार्यकर्ताले एक घण्टा धर्ना दिएका हुन् ।

सो अवसरमा बोल्दै संयोजक डा. बाबुराम भट्टराईले जनताका सरोकारहरुका मुद्दाहरुमा नयाँ शक्तिले विशेष ध्यान दिने बताए । भट्टराईले २५ बुँदेले नेपाल भुटानीकरणतर्फ जाने गम्भीर खतरा पैदा भएको भन्दै त्यसलाई खारेज गर्न माग गरे ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग २५ बुँदे संयुक्त बक्तव्य जारी गर्नुभयो,’ भट्टराईले भने, ‘त्यसका कयौं बुँदाहरुले नेपालको राष्ट्रियतामा आँच पुर्‍याएको मात्रै होइन, यसलाई कार्यान्वयन गर्दै जाने हो भने हाम्रो स्वाभिमानलाई समेत गम्भीर चोट पुर्‍याउने र भुटानीकरणतर्फ जाने गम्भीर स्थिति पैदा भएको छ । त्यसैले २५ बुँदे संयुक्त बक्तव्य खारेज गर्नुपर्छ ।’

भट्टराईले पहिचान र सामार्थ्यको आधारविपरीत गएर सरकारले पञ्चायतकालीन इलाकाहरुलाई नै गाउँपालिका बनाउने तयारी गरेको भन्दै विरोध गरे । पञ्चायतकालीयन संरचनालाई ब्यूँताएर प्रतिगमनतर्फ जाने षड्यन्त्र भएको उनको आरोप छ । साथै उनले अब संविधान संशोधन गर्दा मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा लैजानुपर्नेमा जोग दिए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था नभएसम्म मुलुकमा स्थायीत्व र आर्थिक विकास नहुने वताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com