अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् ।
प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको थियो । यसगरी सर्वोच्च अदालतका तामेलदार शम्भु खत्री म्याद तामेल गर्न पेरिसडाँडामा नै गइरहेका छन् ।प्रमुख आयुक्त कार्की यतिबेला क्यानाडामा छन् । त्यसैकारण उहाँलाई पनि म्याद बुझाउन नसकिएको सर्वोच्च अदालत स्रोतले जानकारी गरायो । प्रधानमन्त्री दाहाललाई पेरिसडाँडा जाँदा भेटाउन नसकेपछि तामेलदार त्यसै फर्कने गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।