क्वार्टरफाइनलमा संकटा


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

काठमाडौँको सिएमजी संकटा क्लब यहाँ जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा आज भएको खेलमा धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको २६औँ मिनेटमा धरानले पाएको पेनाल्टी खेर गएको थियो ।

धरानका लागि प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठ बचाउन सफल भए ।

श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com