ब्याननले मानसिक सन्तुलन गुमाए: ट्रम्प


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्

हालै एउटा पुस्तकमा ब्याननलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता देशद्रोहपूर्ण र मुलुक विरोधी भएको उल्लेख गरिएको थियो।

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको कुनै लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रुपमा देखाउन सञ्चारमाध्यमहरुलाई सूचना चुहाएर समय बिताएको बताएका छन्।

ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रुपमा नै अस्वीकार गर्दै आएका छन् र त्यस विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समाप्त

वाशिङटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन्, “डोनल्ड ट्रम्प आंशिक रुपमा स्टिभ ब्यानन र उनको पुरातनवादी सञ्चार माध्यम ब्राइटबार्टको काँधमा चढेर राष्ट्रपति बनेका थिए। तर अब उनीहरुसँग ट्रम्पले कसरी लडाइँ गर्छन त्यो सबैले देख्नेछन्।”

ब्याननका टिप्पणीमाथि राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियाले एउटा नेता र उसको सैद्धान्तिक मार्गनिर्देशकबीचको सम्बन्ध समाप्त भइसकेको संकेत गर्छ।

तर ट्रम्पका आम समर्थकहरुले यसमा कसरी प्रतिक्रिया जनाउलान्? जे जस्तो भएपनि ट्रम्पमाथि उनीहरुको लगावलाई प्रश्न उठाउनु बुद्धिमतापूर्ण हुँदैन।

लडाँइको परिणाम जे भएपनि यसलाई व्यक्तिगत रुपमा भएको ब्याननको भयानक विफलतासँग जोडेर हेरिनुपर्छ।

आसीन

ट्रम्प

बर्षौसम्म संस्थापन विरोधी परम्परागत लोकप्रियतावादको प्रवर्द्धन गरेका उनी शक्तिको पदमा आसीन भएका थिए।

तर उनी अहिले सत्ता भन्दा बाहिर छन् र लामो समयदेखिका उनका प्रतिद्वन्दी र पूर्व साझेदारहरुको घेराबन्दीमा परेका छन्।

उनका राष्ट्रपतिले व्यापारिक स्वार्थ पूर्ति गर्ने खालको कर सम्बन्धी कानूनमा हालै हस्ताक्षर गरेका छन्।

त्यसबाहेक सन् २०१६ यताको महत्वपूर्ण चुनावमा अलाबामा राज्यको सिनेट सदस्यको निर्वाचनमा लाजमर्दो पराजय समेत ब्यहोरेका छन्।

सम्भवत: यी सबै कारणले ब्यानन र ट्रम्पबीचको झगडा अवश्यम्भावी थियो र यो थप चर्कने लगभग निश्चित छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com