प्रधानमन्त्री आफैं छड्के चेकिङमा निस्कने


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई बोलाएर कडा निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई बोलाएर जनतालाई सेवा चुस्तदुरुस्त तरिकाले प्रवाह गर्नको लागि  निर्देशन दिएका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री भएपछि पहिलोपटक संसदमा सम्बोधन गर्दाका कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि चाहिने आवश्यक बजेटको खाका अघि सार्न सचिवहरुलाई निर्देशन दिएका थिए । उनले मधेश आन्दोलनमा घाईते भएकाहरुको उपचार खर्चका बारेमा आवश्यक बजेटको विवरण आफूसमक्ष पेश गर्न निर्देशन दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधान कार्यान्वयन, आगामी तीन वटै निकायको निर्वाचनको लागि आवश्यक पर्ने कानुनहरु तत्काल प्याकेजमा पेश गर्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् । जनतालाई सेवा दिने कुरामा कर्मचारीतन्त्रले अत्यन्तै धिमा गतिमा काम गरेको भन्दै प्रधानमन्त्रीले रुष्टता पोखेका थिए ।
सचिवहरुसँगको संयुक्त बैठकमा प्रधानमन्त्रीकाे निर्देशन

  • सचिवहरुको कुरा सुनें । यसले यथार्थ कुरा बुझ्न मलाई मद्दत गरेको छ । अहिलेको राजनीतिक घटनाक्रम र आकांक्षाअनुसार मैले सरकारबाट दिशानिर्देश गर्ने प्रयास गरेको छु । अहिले हामी बिशिष्ट राजनीतिक कालखण्डमा छौं । म आफैं द्धन्द्ध र शान्ति दुवै प्रक्रियाबाट आएकाले नेपालमा स्थायी शान्तिका लागि प्रयास गर्न लागेको छु ।
  •  तल्लो वर्ग र समुदायलाई बेलैमा सम्बोधन गर्न सकिएन भने नयाँ द्धन्द्ध आउन सक्छ । यसमा म एकदमै सचेत छु, त्यसैले मैले शान्ति र स्थीरताका लागि निकै जोड लगाएर काम गर्न खोजेको छु । तपाईहरु नै विज्ञ हुनुहुन्छ, यो कुरा मैले तपाईहरुप्रति विश्वास र अनुभवका कारणले भनेको हुँ । तर, तपाईहरुले परिवर्तनका लागि नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ । तपाईहरुको मेहेनत पनि बढाउन आवश्यक छ ।
  •  यसपल्ट प्रधानमन्त्री भएलगत्तै बिश्राम नगरी खटिरहेको छु । हामीले केही दिन सकेनौं भने गम्भीर समस्या आउँछ भन्नेमा म स्पष्ट छु । सचिवज्यूहरुलाई जनतालाई राहत दिने गरी परिणाममूखी काम गर्न निर्देशन दिन चाहन्छु । सरकार संविधानले परिलक्षित गरेका परिवर्तनका एजेण्डा सम्बोधन गर्न गम्भीर छ । संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्रअनुसार मैले सम्बोधनमा संकेत गर्न खोजेको छु, यसलाई गम्भीरतापूर्वक लिनुहोला ।
  • संसदको सम्बोधन महत्वकांक्षी छैन । हिजो राज्यबाट उपेक्षा परेका समुदायलाई अग्रभागमा ल्याउन खोज्दा महत्वकांक्षी देखिएको हो । तर, त्यसो नगरी परिवर्तन सम्भव छैन । नीतिगत र कानूनी जटिलता भए सरकारलाई भन्नुस्, बजेट अपुग भए पेश गर्नुस् । तर, परिणाममूखी काम हुनैपर्छ ।
  • तपाईहरुले कार्ययोजना दिनुभएको छ । तर, मेरो स्प्रिडअनुसार कार्ययोजना आएको छैन । ४५ दिनभित्र पहिलो किस्ता अनुदान सम्झौता गर्ने घोषणा पूर्ण रुपमा लागु भएको छैन । अनुदान सम्झौताको काम सन्तोषजनक छ । तर, उत्साहजनक छैन । आफैलाई बाँध्ने संरचनाले पनि यसमा काम गरेको छ । युद्ध स्तरमा काम गर्न रोक्ने संरचनामाथि पूनर्विचार गर्नेबारे सोच्दैछु ।
  • वैदेशिक रोजगारी र राष्ट्रिय गौरवका आयोजनाको सवालमा सरकार गम्भीर छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पीडामा सरकारले साथ दिनैपर्छ । हामीले पूँजीगत खर्च बढ्न नसक्ने समस्याको हल खोज्नुपर्छ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न नियमित अनुगमन र निरीक्षण गर्छु । म तपाईहरुका मन्त्रालय अन्तर्गतका आयोजनामा पनि अचानक अनुगमनमा आउन सक्छु ।
  • अरु देशमा आयोजना छिटो सम्पन्न प्रतिस्पर्धा हुन्छ । तर, हामीकहाँ ढिलो काम गर्ने, अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको छ । हाम्रो समस्या यहीँनेर छ । विकासका ठूला आयोजनाहरुको नियमित अनुगमन गर्नेछु । तपाईहरु काम ढिलो गर्ने्तिर होइन, छिटो गर्ने्तिर प्रतिस्पर्धा गर्नुहोस् ।
  • हेलो सरकारमा आउने गरेका गुनासा, सिधा प्रश्न प्रधानमन्त्रीसँग कार्यक्रममा बोलेका विषयहरु हाम्रो कार्ययोजनामा आउनुपर्छ । कालोबजारी र महंगी नियन्त्रण गर्न अनुगमन अगाडि बढिरहेको छ । तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । राम्रो काम गर्ने र राम्रो काम देखिने अवस्था आउनुपर्छ ।
  • जनतालाई आशावादितामा लैजानुपर्छ । सरकारी निकायप्रति जनताले सकारात्मक धारणाले सोच्ने वातावरण बनाउनैपर्छ । हामीले नयाँ संविधानले नयाँ परिणाम दियो भन्ने अनुभूति गराउनैपर्छ । यसमा तपाईहरुले गम्भीरतापूर्वक काम गर्नुहोला ।
  • मैले साना साना कुरामा पनि ध्यान दिन खोजेको छु । हाम्रा लागि साना कुरा जनताका लागि ठूला कुरा हुन् । हामीले साना सम्झेर जनताका ठूला कुरामा खेलबाड गर्नु हुँदैन । साना साना कुरामा परिणाम निकाल्न सक्यौं भने पनि त्यसले ठूलो परिणाममा उपलब्धि हासिल गर्ने वातावरण बन्छ ।
  • मेरो तपाईहरुप्रति विश्वास छ । हामीकहाँ राम्रा नराम्रा दुवै प्रवृत्ति छन् । नराम्रालाई हटाएर राम्रालाई अनुशरण गरौं । मेरो व्यवस्थापिका संसदको सम्बोधनलाई अक्षरशः पालना र कार्यान्वयन गर्ने्तिर सोचौं । यो राजनीतिक संक्रमणको व्यवस्थापनको कार्ययोजना हो । मैले अनुगमनमा आउँदा सबै निकायमा परिवर्तनको अनुभूति भएको देख्न पाउनेछु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com