अर्को सातादेखि डिभी लोटरी, यस्तो छ भर्ने सही तरिका


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि डिभी लोटरीका लागि आवेदन दिन सकिनेछ । नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । विगतका बर्षहरुमा भन्दा लोटरी फर्ममा सामान्यमात्र हेरफेर गरिएको जनाइएको छ ।

डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम सम्बन्धी निर्देशिका

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष सन् २०१८ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी–२०१८ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छैनन् किनभने यी देशले विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरू संयुक्त राज्य अमेरिका पठाइसकेका छन्ः

बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन (मुख्य भूमिमा जन्मेका), कोलोम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाईटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (उत्तरी आयरल्यान्ड बाहेक) र उसका आश्रित भूभाग, र भियतनाम ।

हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र, र ताइवानमा जन्मिएका व्यक्ति योग्य छन् ।

यो बर्षका लागि योग्यतामा परिवर्तन ः डिभी लोटरी २०१८ का लागि इक्वेडरका नागरिकहरु योग्य हुनेछन् ।

योग्यता

आवश्यकता १ :

ती देशमा जन्मेका व्यक्ति जुन देशका नागरिक डिभीमा सहभागी हुन योग्य छन् ।

यदि तपाईँ योग्यताप्राप्त देशमा जन्मिनुभएको होइन भने, तपाईँले अन्य दुई तरिकामार्फत सहभागी हुन पाउनुहुन्छ ।

– के तपाईँको पति/पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन्? यदि हो भने तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँर तपाईँको पति/पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।

– के तपाईँको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छैनन्तर तपाईँका दुबै आमाबुबाको जन्म आफू जन्मेको देशमा भएको होइन वा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन्? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ, यद्यपि सो देशका नागरिक डिभी–२०१८ कार्यक्रमका लागि योग्य हुनुपर्नेछ । यसका बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नमा हेर्नुहोस् ।

आवश्यकता  २ :

हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनुपर्दछ :

– माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।

वा

– तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को डेटाबेसद्वारा गरिनेछ ।

कार्यानुभव डिभीका लागि योग्य हुने नहुनेबारेथप जानकारीका लागि बारम्बार सोधिने प्रश्नमा हेर्नुहोस् । यदि तपाईँको दुबै आवश्यकता पूरा हुँदैन भने डिभीका लागि आवेदन नहाल्नुहोस् ।

आवेदन अवधि

डिभी–२०१८ को लागि आवेदन हाल्नका लागि www.dvlottery.state.gov मा गई सन् २०१६ अक्टोबर ४ तारिख मंगलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न र सन् २०१६ नोभेम्बर ७ तारिख सोमबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्याह्नबीच इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गर्दछौँ । म्याद नाघेपछिको आवेदन वा कागजीय आवेदन स्वीकार गरिने छैन । अमेरिकी विदेश मन्त्रालयलेएकभन्दा बढी आवेदन परे नपरेको पत्ता लगाउन सुविज्ञ प्रविधिको प्रयोग गर्दछ । एकभन्दा बढी आवेदन हाल्ने आवेदकहरू डिभीका लागि अयोग्य ठहरिनेछन् ।

डिभी–२०१८ कार्यक्रममा लागि विद्युतीय आवेदन दर्ता गर्ने प्रक्रिया

www.dvlottery.state.gov  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 भर्नुहोस् । आंशिक रूपमा भरिएका आवेदनहरूलाई स्वीकारिने छैन । आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन । तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत आफ्नो आवेदन नभराउन विशेष अनुरोध गरिन्छ । यदि तपाईँले आफ्नो आवेदन भर्न कसैको मद्दत लिँदैहुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँसाथमा उपस्थित हुनुपर्दछ ताकि तपाईँले “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” प्राप्त गर्न सक्नुहुनेछ । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ किनभने सो बिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अन्लाइनमार्फत हेर्न सक्नुहुन्न । यदि कसैले तपाईँको कन्फर्मेशन पेज र युनिक कन्फर्मेशन नम्बर सुरक्षित राखिदिने प्रस्ताव गरेको खण्डमा सतर्क रहनुहोस् । ई–डिभी भर्दा प्रदान गरिएको ईमेल खाता र त्यसमा आफ्नो पहुँच कायम राख्नुहोला । डाइभर्सिटी भिसा कार्यक्रमसम्बन्धी हुने जालसाजीबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ । आफ्नो अभिलेखको लागि उक्त “कन्फर्मेशन स्क्रिन” लाई प्रिन्ट गर्नुहोस् । सन् २०१७ मे २ देखि तपाईँले आफ्नो डिभी–२०१८ आवदेनको स्टेटस चेक गर्न सक्नुहुन्छ । त्यसको लागि www.dvlottery.state.gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०१८ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

आवेदन भर्नका लागि तपाईँलेनिम्न जानकारी उपलब्ध गराउनुपर्दछ ः

१. पूरा नाम – थर, नाम, बीचको नाम । आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् ।
२. लिङ्ग – पुरुष वा महिला ।
३. जन्म मिति – दिन, महिना, वर्ष ।
४. जन्मिएको शहर ।
५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनुपर्दछ ।

६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँजन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ, तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
७. फोटो(हरू) – आफ्नो, आफ्नो पति÷पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ( पछिल्लो छ महिनामा खिचिएकोहुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटोबुझाउनेसम्बन्धी हेर्नुहोस् । यदि तपाईँको पति÷पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भनेरद्द हुने छैन । सामूहिक फोटो स्वीकार हुने छैन । प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो पछिल्लो छ महिनामा नखिचिएको, मिलाइएको वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवदेन रद्द हुनसक्छ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । थप जानकारीका लागि डिजिटल फोटो बुझाउनेसम्बन्धीमा हेर्नुहोस् ।

८. चिठी पठाउने ठेगाना
– नाम ठेगाना शहर,गाउँ जिल्ला, देश, प्रान्त, राज्य हुलाकी कोड, जिप कोड देश
९. हाल बसोबास गरिरहनुभएको देश ।
१०. फोन नम्बर (ऐच्छिक) ।
११. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था Entrant Status Check मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयोभनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१२. हालसम्म हासिल गर्नुभएको शिक्षा : (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९)
केही विद्यावारिधी तहका विषयहरू पढेको, र (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१३. वर्तमान वैवाहिक स्थिति – अविवाहित, विवाहित तर मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा (एलपीआर) होइनन्, विवाहित र मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्, सम्बन्धविच्छेद, विधवा, वा कानुनी रूपमा अलग्गिएर बसेको । आफ्नो पति/पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर/नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् ।

योग्य पति/पत्नीकोनाम उल्लेख नगरिएको खण्डमा डाइभर्सिटी भिसाका प्राथमिक आवेदकका रूपमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । यदि तपाईँले भिसाको लागि आवेदन गर्नुभन्दा अगाडि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ । यदि पति÷पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । तर उनीहरूको नाम उल्लेख गरिएको खण्डमा तपाईँको आवेदनमा कुनै असर पर्ने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१४. सन्तानको सङ्ख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँसंयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ्ग, जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।

निम्न लिखित अनिवार्य समावेश गर्नुहोला :

– सबै जिवित प्राकृतिक सन्तान,
– तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र
– तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनुपर्दछ चाहे तपाईँसो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस्वा नहोस्र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् ।

विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् । तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ । अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दाका रूपमा रहेका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन् । यद्यपि उनीहरूको नाम उल्लेख गर्नुभएमा वा छुटाउनुभएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन । डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा प्राथमिक आवेदक डिभीको लागि अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

डिभी–२०१८ कार्यक्रमका लागि विद्युतीय आवेदन कसरी भर्ने बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

आवेदक छनोट

हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ्ख्याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०१८ आवेदकहरूले आफूडिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको एन्ट्रेन्ट स्टेटस चेकमा गई हेर्नु पर्दछ । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइट www.dvlottery.state.gov मा सन् २०१७ मे २ देखि कम्तीमा सन् २०१८ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।

यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँकन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०१८ का लागि छनोट भएकाहरूले केवल एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन्। अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन्। छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको एन्ट्रेन्ट स्टेटस चेक हो । सूचनाका लागि अरुकोभर पर्नुको सट्टा तपाईँलाई हामी एन्ट्रेन्ट स्टेटस चेक आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ ।

योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०१८ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पश्चात्कुनै पनि हालतमा डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

डिजिटल फोटो बुझाउनेसम्बन्धी :

तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएकोप्रिन्ट फोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटो चाहिँ तल उल्लिखित कम्पोजिशन र टेक्निकल विवरण अनुसारको हुनुपर्दछ । तपाईँको फोटो ठीक छ कि छैन भनी थाहा पाउन ई–डिभी वेबसाइटको फोटो भ्यालिडेशन लिङ्कमा गएर हेर्नुहोस् जहाँ फोटोको कम्पोजिशनबारे थप टेक्निकल विवरण र स्वीकार्य तथा अस्वीकार्य फोटोका उदाहरणहरू प्रदान गरिएको हुन्छ । गतबर्ष डिभी लोटरी भर्दा हालेको फोटो यसपटक पनि हालेमा डिभी कार्यक्रमका लागि अयोग्य हुनुहुनेछ । फोटो २४–बीट कलर डेप्थको  हुनुपर्दछ । यदि तपाईँले स्क्यानरको प्रयोग गर्दै हुनुहुन्छ भने स्क्यानरको सेटिङ्गस् ट्रु कलर वा २४–बीट कलर मोडमा हुनुपर्दछ । स्क्यानिङसम्बन्धी थप मापदण्डहरूबारे तल हेर्नुहोस् ।

कम्पोजिशनसम्बन्धी मापदण्ड :

– टाउकोको पोजिशन

फोटो लिइने व्यक्तिले सिधा क्यामेरामा हेर्नु पर्दछ ।

टाउको माथि, तल वा दायाँ–बायाँ ढल्केको हुनुहुँदैन ।

टाउकोको लम्बाइ वा अनुहारको साइज (कपाल समेत गरी टाउकोको टुप्पादेखि चिउँडोको तल्लो भागसम्म) फोटोको पूरा लम्बाइको ५० देखि ६९ प्रतिशतबीच हनुपर्दछ । आँखाको उचाइ (फोटोको तल्लो भागदेखि आँखासम्म) फोटोको लम्बाइको ५६ देखि ६९ प्रतिशतबीच हुनुपर्दछ ।

– हल्का रङ्गको पृष्ठभूमि
सादा, हल्का रङ्गको पृष्ठभूमिमा फोटो खिच्नुपर्दछ ।

– फोकस
फोटो फोकसमा हुनुपर्छ ।

– साजसज्जाका सामग्री नलगाउने
अनुहार स्पष्ट रूपमा पहिचान गर्न नसकिने गरी कालो चश्मा वा अन्य पहिरनका सामग्री लगाएको हुनुहुँदैन ।

– शिर ढाक्ने वस्त्र वा टोपी नलगाउने
धार्मिक कारणलेलगाइने टोपी वा शिर ढाक्ने वस्त्र स्वीकार हुनेछ तर शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारको कुनै पनि भाग ढाकेको हुनुहुँदैन । कुनै धार्मिक कारणका लागि नभई टाउकोमा लगाइने जातीय वा अन्य वस्त्र मान्य हुनेछैन । सेना, वायुसेवा, वा अन्य क्षेत्रमा कार्य गर्दा लगाइने टोपी मान्य हुनेछैन ।

टेक्निकल विवरण

– नयाँ डिजिटल फोटो लिनेसम्बन्धी : नयाँ डिजिटल फोटोखिच्दा निम्न मापदण्ड पूरा गरिएकोहुनु पर्दछ ।

फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ ।

फोटोफाइलको साइज : फोटोको अधिकतम साइज २४० किलोबाइट हुनुपर्दछ ।

फोटोको रेजोल्युशन र डाइमेन्सन  : न्यूनतम स्वीकार्य डाइमेन्सन ६०० पिक्सेल (चौडाइ) X ६०० पिक्सेल (उचाइ) देखि बढीमा १२०० पिक्सेल X १२०० पिक्सेल हुनुपर्दछ ।

फोटोको कलर डेप्थ :  फोटो रङ्गिन हुनुपर्दछ (२४ बिट्स पर पिक्सेल)  २४–बिट ब्ल्याक एण्ड व्हाइट  वा ८–बिट फोटो स्वीकार हुने छैन ।

फोटो स्क्यान गर्नेसम्बन्धी :

प्रिन्ट फोटो स्क्यान गर्नु अगाडि फोटोले माथि उल्लिखित कलर र कम्पोजिशनसम्बन्धी आवश्यकताहरू पूरा गरे नगरेको पक्का गर्नुहोस् । प्रिन्ट फोटोलाई तल उल्लिखित आवश्यकताहरू पूरा हुने गरी स्क्यान गर्नुहोस् ।

स्क्यानरको रेजोल्युशन :

कम्तीमा ३०० dots per inch (dpi) resolution मा स्क्यान गर्नुहोस्।

फोटोफाइलको फरम्याट : फोटो Joint Photographic Experts Group (JPEG) फरम्याटमा हुनुपर्दछ । फोटोफाइलको साइज ः फोटोको अधिकतम साइज २४० किलोबाइट  हुनुपर्दछ ।

फोटोको रेजोल्युशन : ६०० X ६०० पिक्सेल देखि बढीमा १२०० X  १२०० पिक्सेल ।

फोटोको कलर डेप्थ : २४–बिट कलर । (ब्ल्याक एण्ड ह्वाइट, मोनोक्रोम, वा ग्रेस्केल फोटोहरू स्वीकार हुने छैनन्।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com