चुनावमा भाग नलिन विपक्षी नेताको आह्वान


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि उक्त चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्।

उनले आफू विनाको चुनावको वैधानिकता नहुने भन्दै मतदाताहरुलाई विरोध जनाउन आह्वान गरेका हुन्।

रुसको निर्वाचन आयोगले नभाल्नीविरुद्धको फौजदारी अभियोगमा दोषी ठहराइएकोले उनलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको हो।

पुटिन चौथो कार्यकालका लागि चुनावमा उठ्न लागेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घोषणा

४१ वर्षीय नभाल्निलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिनसक्ने एकमात्रै उम्मेदवारका रुपमा हेरिएको थियो।

भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भन्दै त्यहाँको केन्द्रिय निर्वाचन आयोगले नभाल्नी चुनाव लड्नका लागि अयोग्य भएको बताएको छ।

नभाल्नीले भने आफूविरुद्धको अभियोग राजनीतिक रुपमा अभिप्रेरित भएको बताएका छन्।

निर्वाचन आयोगको निर्णयपछि बोल्दै नभाल्नीले आफूहरुलाई भाग लिन भनिएको प्रक्रिया चुनाव नभएको भन्दै विरोध प्रदर्शनको घोषणा मतदाताहरुले गर्ने बताए।

नभाल्नीले भने, “हामीलाई जुन प्रक्रियामा भाग लिन भनिएको छ त्यो चुनाव होइन। पुटिन र आफूविरुद्धको सानो चुनौती पनि झेल्न नसक्ने उनका मानिसहरुले मात्रै त्यसमा भाग लिनेछन्।”

नभाल्नीले आफूले उक्त विरोधप्रदर्शनको नेतृत्व गर्ने पनि बताए।

अभियोग

पुटिनका समर्थकहरु राष्ट्रपतीय उम्मेदवारको मनोनयन प्रक्रिया थाल्न मंगलबार भेट्दै छन्।

निर्वाचन आयोगकी प्रमुख एला पम्फिलिभाले नाभाल्नीलाई एउटा फौजदारी अभियोगमा दोषी ठहराइएकाले उनी चुनावमा उम्मेदवार हुन अयोग्य भएको बताएकी छन्।

नभाल्नीले भने आफूले उक्त ठहरविरूद्ध रुसको संवैधानिक अदालतमा पुनरावेदन दिने बताएका छन्।

राष्ट्रपति पुटिनविरुद्ध भ्रष्टाचार विरोधी अभियान चलाएका कारण नभाल्नी चर्चित छन्।

किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट झण्डै पाँच लाख डलर बराबरको काठ घोटाला गरेकोमा उनलाई दोषी ठहराइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com