पोपको क्रिशमश सन्देश: आप्रवासीलाई बेवास्ता नगरौं


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

क्याथोलिक ईसाइहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले‚ आफ्ना थातथलोबाट धपाइएका मानिसहरुको दुर्दशालाई बेवास्ता नगर्न विश्वभरका रोमन क्याथोलिकहरुलाई आह्वान गरेका छन्।

भ्याटिकन सिटीमा क्रिशमश पर्वको पूर्वसन्ध्यामा आयोजित मासलाई सम्बोधन गर्दै पोपले भने‚ – धेरैजसो आप्रवासीहरु त्यस्ता नेताहरुका कारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्, जसले निर्दोषहरुको रगत बगाउनुमा केही समस्या देखेनन्।

आप्रवासीहरुप्रतिको सम्मान ईसाइ धर्मको एक महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनले जिसस क्राईस्टको जन्म हुँदा जोसेफ र मेरीले बेथलेहममा बस्नका लागि तबेलाबाहेक अन्य ठाउँ नभेटेको भन्दै ईसाइहरुको धार्मिक ग्रन्थ बाईबलको कथासँग आप्रवासीहरुको अवस्थालाई जोडेर वर्णन गरे।

चिन्ता

पोप फ्रान्सिसले विश्वभर रहेका आप्रावसीहरुको बचाउलाई नै उनले आफ्नो कार्यकालको मुख्य मुद्दा बनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोप फ्रान्सिसले सोमबार उनको परम्परागत क्रिशमश सम्बोधन पनि गर्दैछन्।

“जोसेफ र मेरीको पदचिन्हमा अन्य धेरैका पदचिन्हहरु लुकेका छन्,” सेन्ट पिटर्सस्थित ब्यासिलिकामा डिसेम्बर २४ मा भेला भएका श्रद्धालुहरुलाई पोपले भने।

“हामीले दशौँ लाख मानिसहरुको पदचिन्हहरु देखिरहेका छौँ जो जान चाहन्नन् तर आफ्नो थातथलोबाट लखेटिन्छन् र आफ्ना प्रियजनहरुलाई त्यहीँ छाड्न बाध्य हुन्छन्।”

उनले ईसाइ धर्मले विदेशीहरुलाई जहीँकहीँ पनि स्वागत गरियोस् भनेर जोड दिने गरेको उल्लेख गरे।

विश्वभर रहेका झण्डै १.२ अर्ब रोमन क्याथोलिकहरुका धर्मगुरु पोप फ्रान्सिस आफैँ पनि ईटलियन आप्रवासीहरुका सन्तान हुन्।

विश्वभर आप्रवासीहरुको संख्या २ करोड २० लाखभन्दा बढी रहेको छ।

हालैका महिनामा म्यानमारमा जारी सैन्य हिंसाबाट बच्न भागेका रोहिंज्या मुसलमानहरुका कारण यो संख्या बढेको छ।

गत महिना पोपले म्यानमारको भ्रमण गरेका थिए र छिमेकी देश बांग्लादेशमा आश्रय लिइरहेका रोहिंज्या मुसलमान शरणार्थीहरुसँग पनि उनले पछि भेट गरेका थिए।

जेरुसलेम विवाद

ईसाइ धर्मालम्बीहरुले‚ मेरीले जिससलाई जन्म दिएको भनिएको स्थल बेथलेहमको ‘चर्च अफ नेटिभिटी’ मा क्रिशमश पर्वको बिहानी मनाएका छन्।

वेस्ट ब्यांकमा भने यो वर्ष सामान्यतयाभन्दा कम श्रद्धालुहरु थिए।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई ईजरेलको राजधानीका रुपमा मान्यता दिने विवादास्पद निर्णय गरेपछि सो नगरमा हालैका हप्तामा प्यालेस्टिनी प्रदर्शनकारीहरु र ईजरेली सेनाबीच झडपहरु भइरहेका छन्।

बेथलेहममा आयोजित मध्यरात्रिकालीन मासमा स्थानीय एक प्रमुख पादरीले अमेरिकी राष्ट्रपतिको निर्णयको निन्दा गरे र मानिसहरुलाई अलग गरियो भने, उनकै शब्दमा, जेरुसलेम शान्तिको शहर नहुने ‍टिप्पणी गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com