४ वर्षपछि काममा फर्किए कुमार लामा


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

युद्ध अपराधमा बेलायती अदालतबाट सफाई पाएका नेपाली सेनाका महासेनानी कुमार लामाले बिहीबारबाट सैनिक मुख्यालयमा काम थालेका छन् । उनी झण्डै ४ वर्षपछि काममा फर्किएका हुन् ।

बेलायतमा युद्ध अपराध सम्बन्धी मुद्दामा सफाई पाएपछि लामा असोज ४ मा नेपाल आइपुगेका थिए । ‘उनले बिहीबारबाट सैनिक जंगी अड्डामा काम थालेका हुन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने । लामा फर्किए लगतै उनीसँग सेनाको कानुनी पक्षले हेरेको थियो । ‘कानुनी काम सकिएपछि उनले काम थालेका हुन्,’ प्रवक्ता कार्कीले भने ।

लामामाथि माओवादीको सशस्त्र द्वन्द्वका बेला कपिलबस्तुमा जनक राउत र करिम हुसेनलाई सन् २००५ मा यातना दिएको अरोप लगाइएको थियो । सन् १९८६ मा आर्मीमा भर्ति भएका लामाले सन् २००८ मा बेलायतको (स्थायी बसोबास अनुमति) पीआर लिएका थिए । तर मुद्दा जिते लगतै उनले पीआर नदिने गरि नेपाली दुतावासबाट गृहमन्त्रालयलाई पत्र लेखिसकेका कान्तिपुरमा खबर छ ।

लामालाई सन् २०१३ को जनवरीमा आफ्नो परिवार भेट्न जाँदा बेलायती प्रहरीले समातेको थियो । उनी त्यस बेला दक्षिण सुडानमा संयुक्त राष्ट्र संघको शान्ती मिसनमा खटिएका थिए र छुट्टी मनाउन बेलायत पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com