बिजुली जाँदा एक हजार उडान अवरुद्ध


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति कटेपछि विमानस्थल आशिंक रुपमा बन्द भएको छ।
विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलले दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु व्यवस्थापन गर्ने गर्छ।

बिजुली गएपछि यात्रुहरु अन्धकारमा नै टर्मिनलमा बस्न बाध्य भएका थिए र उड्न ठिक्क परेका विमानहरु रोकिएका थिए।

विमानस्थलमा विद्युत आपूर्ति शुरु भएको छ तर एक हजार भन्दा बढी उडानहरु रद्द भएका छन्।

रद्द

सोमवार थप सयौं उडानहरु रद्द हुनसक्ने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमा अवतरणका लागि पूर्व निर्धारित कैयौँ उडानहरु अन्यत्रै प्रस्थान गरेका थिए।

विमानस्थल

कतिपय त्यस्ता विमान बहिर्गमनका लागि तोकिएको विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलले १० घण्टा भन्दा बढी विद्युत आपूर्ति कटौति भएको पुष्टि गरेको छ।

भूमिगत विद्युत केन्द्रमा भएको आगलागीले गर्दा विद्युत आपूर्ति बन्द भएको सो विमानस्थलमा विद्युत आपूर्ति सेवा उपलब्ध गराइरहेको कम्पनी जोर्जिया पावरले जनाएको छ।

उड्डयन अधिकारीहरुले विमानस्थलमा कार्गो उडानहरु खुल्ला भएको तर यात्रुवाहक उडानहरु सोमबार अबेरबाट शुरु गर्ने जनाएका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com