सार्कलाई प्रभावकारी बनाउन नेपालको जोड


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको ७१औं महासभामा भाग लिन न्युयोर्कमा रहेका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्रमन्त्री स्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर जानुपर्नेमा उनको जोड थियो ।

यस्तै, अनौपचारिक बैठकमा सार्कको आगामी १९औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । प्रतिनिधि परराष्ट्रमन्त्रीहरुको अनौपचारिक छलफलको अध्यक्षता नेपालका परराष्ट्रमन्त्रीले गरे । पाकिस्तानमा हुने सार्क सम्मेलनको तयारीका बारेमा समेत अनौपचारिक छलफल भएको थियो । बैठकबारे जानकारी दिँदै मन्त्री महतले सार्कमा रहेका समस्या के हुन्, के के गर्न बाँकी छ भन्ने बारेमा गहन छलफल भएको जानकारी दिए ।

यस्तै, बैठकमा सार्क क्षेत्रमा हालसम्म भएका प्रगति तथा अन्य विषयमा समेत बहुपक्षीय विचार–विमर्श तथा समस्या समाधानको विषयमा विचार आदानप्रदान भएको उनले बताए । साथै, आगामी सार्क सम्मेलनको तयारीका बारेमा सार्कका महासचिव अर्जुनबहादुर थापाले हालसम्मका प्रगति र सार्क सम्मेलनमा उठाउने विषयमा बैठकलाई जानकारी गराए ।

सार्कमार्फत यो क्षेत्रभित्रका जनताको उन्नति र प्रगतिलाई कसरी अगाडि बढाउन सकिन्छ र व्यापार, सेवा, सडक, रेल, विद्युत्प्रसारण सञ्जाल तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयलाई प्रमुख प्रथमिकतामा राखिएको उनको कथन थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकपछि सार्कका महासचिव थापाले सार्कको मञ्चमार्फत आपसी हित र चासोलाई सम्बोधन गर्दै जाने विषयमा महत्वपूर्ण छलफल भएको बताए । बैठकमा पाकिस्तानका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले सार्कको आगामी शिखर सम्मेलनको बारेमा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com