नारायणगढ-मुग्लिन सडकः दुई वर्षमा १३ किलोमिटर पिच


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

२८ मंसिर, चितवन । निर्धारीत समय काम नसकेर ३ पटकसम्म म्याद थप गरिएको नारायणगढ-मुग्लिन सडक आयोजनाको करीव १३ किलोमिटर सडक पिच गरिएको छ । आयोजनाले अहिले रामनगर, सोह्र किलो, भालुढुंगा क्षेत्रमा सडक पिचको काम गरिरहेको इन्जिनियर शिव खनालले जानकारी दिए ।

नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म ३३.२ किलोमिटर दूरी छ । अझै २० किलोमिटर सडक पिच गर्न बाँकी नै छ ।

‘पिच गर्ने गति ठीकै छ, यसमा पनि अत्याधिक ट्राफिक चापका कारणले केही समस्या त निम्तिएकै छ,’ इन्जिनियर खनालले भने, ‘अब चाडपर्व, निर्वाचन सबै सकिएकाले समग्र कामको गति बढाउनुपर्दछ ।’

यो सडक निर्माणमा संलग्न ३ वटै ठेकेदारको म्याद सन् २०१८ को फेव्रुअरी २० मा सकिदै छ । आउने चैतसम्म म्याद थप गर्ने तयारी छ । डेढ महिनाजति म्याद थप गर्ने तर ०७४ पछि म्याद थप नहुने इन्जिनियर खनालले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गएको असोजसम्म ५० प्रतिशत काम सक्नुपर्ने थियो त्यो काम नसकिएपछि दुई ठेकेदारले आयोजनालाई ७५ लाख रुपैयाँ पेनाल्टी तिरीसकेका छन् । प्रतिदिन ०.०२५ प्रतिशत ठेक्का सम्झौता रकम पेनाल्टी बुझाउँदै आएका छन् ठेकेदारहरुले । अब चैत महिनालाई शतप्रतिशत कामको अवधि राखेर सम्झौता चौथोपटक थप गर्ने सोच आयोजनाको रहेको खनालले बताए ।

‘बैशाखपछि सम्झौता थप हुँदैन, अहिलेको जरीवाना पनि दोब्बर हुन्छ,’ खनालले भने ।

यसअघि ०७२ माघ १९ मा पहिलोपटक, ०७३ मंसिर १६ मा दोस्रोपटक र ०७४ असार १९ मा तेस्रो पटक म्याद थप गरिसकिएको छ ।

सडकखण्डको अझै ८ सय मिटर भूभाग कटिङको काम बाँकी नै छ । बाँकी कटिङको काम कहिलेबाट अगाडि बढाउने भन्ने निर्क्यौल नभएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिए । ‘आयोजना प्रमुख पनि आउनु भएको छ, अब प्रशासनसँग बसेर छलफल गर्नुपर्दछ,’ इन्जिनियर खनालले भने, ‘सडक नरोकि कटिङको काम अघि बढाउन सकिँदैन, सोही बेला पिचको काम पनि तिव्र बनाउनुपर्दछ ।’

अहिले पिचको अलवा पहिरोले भत्काएको ठाउँमासफा गर्ने, नाली निर्माण गर्ने, सेफ्टीवालहरु लगाउने काम भैरहेको छ । सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ । यी नारायणगढ-मुग्लिन सडकखण्डको सबैभन्दा जोखिमयुक्त स्थान हुन् । ठूलाठूला अग्ला पहाड र कडा चट्टान भएकाले यहाँ काम गर्न जोखिम छ ।

विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा ०७२ बैशाखबाट यो सडक निर्माणको काम थालिएको थियो । एसियन हाइवे अन्तर्गतको एएचटू खण्ड अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्ड पर्दछ । चीन हुँदै नेपालको कोदारी, काठमाडौं, नागढुंगा-नौबिसे, मुग्लिन-नारायणगढ, हेटौंडा र वीरगञ्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com