मतदातामाझ खसोखास: परिवर्तन चाहन्छिन् ७१ बर्षीय दुर्गामाया


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

सिन्धुपाल्चोकको बलेसीकी दुर्गामाया ७१ बर्षकी भइन् । तर उनीपनि राजनीतिक परिवर्तन चाहन्छिन् । उनलाई पञ्चायत खासै मन परेन । तर त्यसपछि बहुदल आएपछि विकाशको अगाडि बढ्न खोजेको उनको बुझाई छ ।

पञ्चायत सकिएको केही बर्षमा नै माओवादी जनयुद्ध सुरु भएकाले विकाशमा अवरोध आएको बताउँछिन् उनी । व्यवस्था परिवर्तन भएपनि नेता र उनीहरुको सोंच परिवर्तन नभएकोमा ठूलो गुनासो छ दुर्गामायाको । मतदाताको राय बुझ्न स्थलगत रिपोर्टिंगमा रहेका खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानासँग कुरा गर्दै उनले भनिन् – ‘पञ्चायत गयो । बहुदल आयो । गणतन्त्र आयो । तर नेता उनै हुन् । के फरक भयो र ?’

देशको नेतृत्व गर्ने व्यक्ति र सोंचमा परिवर्तन नआएकाले जसलाई भोट दिएपनि केही नहुने उनको बुझाई छ । उनी भन्छिन् – ‘जस्लाई भोट दिए पनि के भयो र ? सबै उस्तै हुन् ।’

दुर्गामायाले कैयन चुनावमा मतदान गरिसकेकी छिन् । तर मुलुकमा खासै परिवर्तन नआएकोमा उनको चित्त बुझेको छैन ।

तस्विर :  दीपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com