प्रचण्डको अमेरिका भ्रमण रद्द


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भइसकेको थियो ।

देशमा जारी राजनीतिक घटनाक्रम र संविधानबारे देखिएको अविश्वासलाई ध्यानमा दिँदै प्रधानमन्त्रीले अमेरिकाको भ्रमण रद्द गरिएको जानकारी प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दिए । मल्लका अनुसार देशमा देखिएको राजनीतिक समस्याका कारण दिल्लीबाटै फर्कने बेलामा प्रमले अमेरिका नजाने मनस्थिति बनाएका थिए ।

‘उता (दिल्ली) बाटै फर्किने बेलामा प्रधानमन्त्रीले अमेरिका नजाने मनस्थिति बनाउनु भएको थियो । देशको समस्या छाडेर अमेरिका नजाने भन्ने उहाँको राय हो’, मल्ले भने, ‘संविधान कार्यान्वयन गराउने एजेन्डा छाडेर उता जान्न भन्नुभयो । अब देशमै रहेर बाँकी समस्या हल गर्न लाग्नुहुन्छ ।’

मल्लका अनुसार संविधान कार्यान्वयनसँगै चुनावमा जानका लागि स्थानीय कानुन नबनेकाो अवस्था, मधेसवादी पनि वार्तको तयारी र एमाले तथा राप्रपा नेपालसहितलाई विश्वसमा ल्याउन पनि प्रम अमेरिका नगएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मधेसवादी दलले वार्ताको इच्छा देखाइरहेका छन् । एमाले र राप्रपा नेपाललाई पनि विश्वसमा लिएर संविधान संशोधनलाई टुंग्याउने कुरा प्रधानमन्त्रीले गर्नुभयो’, मल्लले भने, ‘भूकम्पपीडितलाई पहिलो किस्ता ४५ दिनभित्र बाँड्ने कार्ययोजना छाडेर अमेरिका नजाने निचोड प्रमले निकाल्नु भयो ।’

सरकारले भूकम्पपीडितलाई घर बनाउनका लागि दिने भनिएको थप एक लाख वितरणलाई पनि गति दिने प्रधानमन्त्रीको योजना रहेको मल्लले बताए । करिब ४ लाख भूकम्पपीडितलाई पहिलो किस्ता दिइसकेकाले अब थप एक ला दिनका लागि कानुनी बाटो फुकाउनुपर्ने जिम्मेवारी पुरा गर्न पनि प्रम अमेरिका नगएका मल्लको भनाइ छ ।

अमेरिका नजाने निर्णय गर्नका लागि प्रम दाहालले आइतबार राति आफ्ना सल्लाहकारहरुको बैठक बालुवाटारमाा गरेका थिए । त्यो बैठकमा राय सल्लाह लिएपछि प्रमले अमेरिका नजाने अन्तिम निर्णय लिएका थिए । प्रम नजाने भएपछि दिल्लीबाटै परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत राष्ट्र संघको महासभामा भाग लिन अमेरिका उडिसकेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com