डिभी परेका २ नेपाली अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाट पक्राउ


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएको थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे।

अमेरिका जान उनले दूतावासमा उनले पेश गरेको प्लस टुको प्रमाणपत्र नक्कली थियो। सोही दिन डिभी परेर अन्तर्वार्ता दिन दूतावास पुगेका ताप्लेजुङ खेवाङ ३ का ३८ वर्षीय भुवानी प्रसाद भट्टराई पनि शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा पक्राउ परेका थिए। उनीहरूले पेश गरेको शैक्षिक कागजात नक्कली भएको पुष्टी दूतावासले गरेपनि प्रहरीलाई खबर गरेको थियो।

अन्तर्वार्ता दिइरहेका बेला महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो । मोक्तान र भट्टराईसहित उनको कागजात बनाउन सहयोग गर्ने अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। आठै जनालाई महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

कालिकोटका विशाल जंग कार्की, सुनसरीका सुरेश शाही, अभय पोखरेल, काठमाडौं चण्डोल घर भइ सेक्युर्ड कन्सल्ट्यान्सीमा काम गर्ने अनिल श्रेष्ठ पनि पक्राउ परेका छन् । त्यस्तै काभ्रेका देवराज तामाङ र काठमाडौं मनमैजुका सन्तोष कुमार तिवारीलाई पनि प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गरेको भन्दै पक्राउ गरेको छ। डिभी खुल भरेको र परेपछि अमेरिका जान प्लस टु गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले नक्कली बनाउन दिएको प्रहरीसमक्ष बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देबराज योन्जनले रूद्रबहादुरसँग प्रमाणपत्र बनाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएका थिए। पक्राउ परेकाहरू नक्कली कागजात बनाउने २ वटा गिरोह रहेको एसएसपी दिवेश लोहनीले जानकारी दिए। यसअघि महाशाखाको टोलीले नक्कली कागजात पेश गरी जापान र कोरिया पठाउने गिरोहलाई पक्राउ गरेको थियो । सेतोपाटी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com