गरिबसँग विश्वेश्वर कार्यक्रम विस्तार भएन


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

वास्तविक गरिबलाई केन्द्रित गरी सञ्चालन गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रम बजेटको अभावमा थप गाविसमा विस्तार हुन सकेको छैन । २०५६ सालमा सुरु गरिएको कार्यक्रम ७५ जिल्लाका विपन्न ४८३ गाविसमा सञ्चालन भए पनि बजेट पर्याप्त नहुँदा कार्यक्रम विस्तार भने हुन नसकेको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि १६ करोड रुपियाँ प्रदान गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । उक्त बजेटबाट प्रतिगाविस एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म कार्यक्रम सञ्चालनका लागि खर्च गरिने भएको छ । कार्यक्रम सञ्चालनका लागि विपन्न परिवार बसोबास भएको गाविस छनोट गर्ने र उक्त गाविसको पनि विपन्न समुदायका विपन्न परिवारलाई लक्षित गरी उहाँहरूको आयआर्जन, सामाजिक, आर्थिक, सीप विकास, व्यवसाय व्यवस्थापन तालिम लगायतका कार्यक्रम प्रदान गरी विपन्न वर्गलाई न्यून आर्थिक स्थितिबाट माथि उठाउने काममा उक्त बजेट खर्च हुने गरेको छ ।

कार्यक्रम सञ्चालन भएका गाविसका विपन्न समुदायका व्यक्ति सङ्गठित भएको, समूहमा आबद्ध भएपछि आफ्ना कुरा भन्न र बोल्न सक्ने भएको, बचत सङ्कलन गर्न उत्साहित भई कारोबार गर्न जान्ने भएका, साक्षर बन्दै गएका र मासिक रूपमा बचत सङ्कलन गरी सामाजिक पुँजी निर्माण भएको छ । कार्यक्रम कार्यान्वयन क्षेत्रका ८० हजार घरपरिवारका पाँच लाख व्यक्तिले प्रत्यक्ष लाभ लिइएका छन् । सो कार्यक्रम २०६२ देखि २०६६ सालसम्म बजेट अभावमा स्थगन भए पनि त्यसपछि भने निरन्तर भएको छ । अत्यन्तै न्यून प्रशासनिक खर्चमा सञ्चालित कार्यक्रम भए पनि बजेट अभाव हुँदा कार्यक्रमलाई थप विस्तार गर्न नसकिएको उहाँको भनाइ छ ।

कार्यक्रम छनोट गर्दा विपन्न परिवार, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समुदायको बाहुल्य भएको गाविसलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ । त्यस्तै साक्षरता स्थिति न्यून भएको, आधारभूत स्वास्थ्य सेवाको पहुँच कम भएको जातिगत भेदभाव, छुवाछूत छाउपडी, दाइजो प्रथा, बालविवाह सामाजिक विकृति बढी भएका गाविसलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुँदै आएको गोरखापत्रमा खबर छ । गरिबसँग विश्वेश्वर कार्यक्रमको बजेट अख्तियारी एकमुष्ट जिविसमा जाने र जिविसले कार्यक्रम सञ्चालित गाविसको खातामा रकम जम्मा गरिदिने व्यवस्था छ । गाविस सचिवको निर्देशनमा सामाजिक परिचालनको माध्यमबाट कार्यक्रम विपन्न समुदायका घरपरिवारसम्म पुग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com