नारायणगढ–मुग्लिन सडकखण्ड : एकैसाथ छ घण्टा बन्द नहुने


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

चितवनः कात्तिक २२, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबारदेखि यातायात रोकेर भित्तो काट्ने काम सुरु गर्ने स्थानीय प्रशासनसँगको निर्णय एकै दिनमा परिवर्तन भएको छ।
बिहीबारदेखि विभिन्न समयमा सडक रोकी भित्तो काट्ने काम सञ्चालन गर्ने सहमति मंगलबार मात्रै प्रशासनसँग सहमति भएको थियो । ट्राफिक प्रहरीले बुधबार सार्वजनिक सूचना नै जारी गरेको थियो तर नारायणगढ–मुग्लिन सडक आयोजनाले बुधबार नै सो कार्य दुई दिन पछि सारेको जनाएको छ।
सार्वजनिक सूचना छिटो नगएको र शनिबार ठूलो ढुंगा फोर्नुपर्ने अवस्था रहेकाले समय सारिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। प्रशासनको एउटा सूचना र आयोजनाको अर्को सूचना आएपछि आयोजनाले राष्ट्रिय पत्रिकामै सूचना जारी गरेर उक्त जानकारी दिन लागेको जनाएको छ। उक्त निर्णय गर्दै आयोजनाले आज स्थानीय प्रशासनलाई जानकारी गराएपछि मात्रै थाहा भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।
सेती दोभानमा जोखिमयुक्त ढुंगा खस्ने अवस्था रहेकाले आगामी शनिबार बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाइनेछ। आगामी आइतबारदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिनेछ भने भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइनेछ । आइतबारबाट एक हप्ता परीक्षण स्वरूप बिहान ७ बजेदेखि साढे आठ बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। बिहानदेखि अपराह्नसम्मको छ घण्टा एकैसाथ बन्द गर्दा निर्वाचनलाई असर गर्ने भएकाले बीचबीचमा एकएक घण्टा सडक रोकेर काम गर्न लागिएको हो। आयोजनाले आठ घण्टा नै रोकेर काम गर्नुपर्ने भन्दै प्रशासनसँग अनुमति माग गरेको भए पनि स्थानीय प्रशासनले रोकेको हो। यसको असरलाई ध्यान दिएर एक हप्तापछि अर्को निर्णय हुन सक्ने जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com